मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

होटल सेभेन स्टारलाई हात्ती पोलोको उपाधि

होटल सेभेन स्टारलाई हात्ती पोलोको उपाधि


सौराहा । हात्ती महोत्सवमा आयोजित हात्ती पोलो प्रतियोगिताको उपाधि सौराहाको होटल सेभेन स्टारले पाएको छ ।

 
महोत्सवको अन्तिम दिन आइतबारको फाइनल खेलमा एमई ट्राभल्र्स एण्ड टुर्सलाई ३ का विरुद्ध ५ गोल अन्तरले पछि पार्दै सेभेन स्टारले उपाधि जितेको हो । सेभेन स्टारका तर्फबाट निकुञ्जका माउते विनोद चौधरीले पाँच गोल गरेका थिए । उनले सर्वाधिक ११ गोल गरेर पुरस्कारसमेत पाए ।
 
हात्तीपोलोमा चन्द्र तामाङ उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत भए । हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल प्रतियोगिताको उपाधि एनआईसी एसिया बैँकले जितेको छ ।
 
आइतबार भएको फाइनल खेलमा सीजी फुड्सलाई २ का विरुद्ध ५ गोलअन्तरले पछि पार्दै एनआईसी एसिया बैँकले उपाधि जितेको हो । सो  बैँकलाई उपाधि जिताउन सौराहाजंगले ४ र तेजगंजले १ गोल गरेका थिए ।
 
सीजी फुड्सका लागि रिमझिमकली र मारुतीकलीले समान १÷१ गोल गरेका थिए । छावा फुटबलमा सर्वाधिक ७ गोल गर्ने सौराहाजंग र उत्कृष्ट खेलाडीको रुपमा रिमझिमकली पुरस्कृत भए ।
 
महोत्सव समापन कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले विजयी हात्तीका माउतेलाई उपाधि हस्तान्तरण गरेका थिए ।