मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युजर्सी सिटी ईन्द्रावती गाउँपालिकाको सिस्टर सिटी

न्युजर्सी सिटी ईन्द्रावती गाउँपालिकाको सिस्टर सिटी


सिन्धुपाल्चो -अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाबीच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित भएको छ। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियारको विशेष पहल र नेतृत्वमा यी दुई सहरबीच सिस्टर सिटी बनाउने काम सफल भएको हो।
 
अन्य मुलुकको सहरसँग सिस्टर सिटी बन्ने ईन्द्रावती सम्भवतः नेपालकै पहिलो गाउँपालिका हो। ईन्द्रावती गाउँपालिका प्रमुख पूर्व अमेरिकी नेपाली एनआरएन वंशलाल तामाङ हुन् । अमेरिकी ग्रिन कार्ड त्यागेर नेपाल फर्केका नेता तामाङको पहललाई पनि स्थानीयले प्रसंसा गरेका छन्।
 
डा. परियारले यस अभियानका लागि दुबै मुलुकका सरोकारवालाहरुसँग लामो परामर्श गरेकी थिइन्। ईन्द्रावती गाउँपालिकालाई अमेरिकी सहरसँग सिस्टर सिटी बनाउनाले यहाँको संस्कृति तथा पर्यटनको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । गाउँपालिका प्रमुख वंशलाल तामाङ न्यूयोर्कस्थित सिन्धु–यूएस वेलफ़ेयर सोसाईटीका संस्थापक अध्यक्ष पनि हुन्। अन्नपुर्ण पोस्ट बाट साभार