मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाल आइडल–२ जितेका रविलाई मातृ शोक

नेपाल आइडल–२ जितेका रविलाई मातृ शोक


कैलाली – नेपाल आइडलको उपाधि जितेका रवि वडकी आमाको निधन भएको छ ।  बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।  
 
करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । 
 
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । सम्मान कार्यक्रमपछि आजै घर पुगेर आमालाई भेट्ने अनि बेलुका ६ः४० को फ्लाइटमा काठमाडौं आउने रविको योजना थियो ।
 
रविका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन् । नेपाल आइडल जितेका रविलाई रवि वडलाई मातृ शोक परएको छ ।