मनोरञ्जन

मिना ढकालले श्रीमानसँग डिभोर्स भएको एक वर्ष उत्सवका रुपमा मनाउने

232 पटक पढिएको

हिमालय खबर | 25th Dec 2018, Tuesday | २०७५ पुष १०, मंगलवार ०८:१०
हास्य व्यंग्य कलाकार मनोज गजुरेका पूर्व  पत्नी मिना ढकालले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छिन्  । मिना गजुरेसंगको  डिभोर्स पछि निकै  चर्चामा आएकी थिईन्  ।
 
उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरएको  कुरा फेसबुकमा लेखेकी छिन् । उनले भनेकी छिन् "भोलि 11 गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मिय सुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु " । उनले नयाँ बानेश्वरमा बुटिक सञ्चालन गर्दै आएकी छिन्  । 
 
हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका दुई छोराछोरी छन् ।