मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेवा: अर्गनाइजेसनले लसएन्जल्समा डिसेम्बर २३ मा यमरी पूजाको आयोजना गर्दै

नेवा: अर्गनाइजेसनले लसएन्जल्समा डिसेम्बर २३ मा यमरी पूजाको आयोजना गर्दै


क्यालिफोर्निया (अमेरिका)- नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरले नेवारी समुदायको पर्व यमरी पूजाको आयोजना गरिने छ नेवारी संस्कृतिका म्ह: पूजा, इन्द्र जात्रा लगायत रक्तदानको आयोजना गर्दै आइरहेको संस्थाले डिसेम्बर २३ मा सेरिटोस पार्कमा पूजाको आयोजना गर्न गइरहेको संस्थाको अध्यक्ष विमल श्रेष्ठले बताए । मार्ग शुक्ल पूर्णिमाका नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।
 
भनिन्छ जुन भगवान् लक्ष्मीले प्रदान गरेको प्रसादको रूपमा लिने गरिन्छ । आज सम्म पनि कसै कसैको घरमा यस यमरिलाई भगवान् लक्ष्मी मानेर नयाँ भित्रेको धान भित्र राखी चार दिन सम्म पूजा गरी चार दिन पश्चात् मात्र लक्ष्मीको प्रसाद भनी त्यसलाई निकाली आफूले पनि खाने र परिवारका अन्य सदस्यहरूलाई पनि खुवाउने चलन छ । यसो गर्नाले धुकुटिबाट जति धान निकाले पनि कहिले नसकिने गरी भगवान् लक्ष्मीले वरदान दिइन्छ भन्ने उक्त यमरि खानाले सबै परिवारका सदस्यहरू हृस्तपुस्त भई स्वस्थ रहने विश्वास गरिन्छ ।
 
पहिले पञ्चाल देश (हालको पनौती) मा एक सुचन्द्र नामक धर्मात्मा ब्राह्मण बस्दथे । उनकी पत्नी पनि लोग्ने जस्तै धर्म कर्म प्रति आस्था भएकी स्त्री थिइन् ।
 
एक दिन आफ्नो घरलाई सफा स्वच्छ गरी यमरि बनाई आफूले पनि खाई आफन्तहरूलाई पनि दिएर बस्दा भगवान् कुवेरले यी ब्राह्मण ब्राह्मणी कतिको दानवीर रहेछ भनेर परीक्षण गर्नका लागि भगवान् गरिब ब्राह्मण भई भिक्षा माग्न गए । 
 
आफ्नो घरमा एक गरिब ब्राह्मण भिक्षा माग्न आएको देखि ब्राह्मणलाई माथि बोलाई आफ्नो असल लुगा लगाउन दिई, यमरि खुवाए र यो भाव भक्ति देखि भगवान् अत्यन्त प्रशन्न भएर आफ्नो असली रूप देखाई यमरिको महत्त्वको वर्णन गरे र यसलाई धानमा राखी चार दिनसम्म पूजा गर्ने र चार दिन पछि निकालेर प्रसाद ग्रहण गर्ने, जसले गर्दा ठुलो फलिफाप हुनेछ भन्ने चलन पनि रहेको छ ।