मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवन हात्ती महोत्सवमा चार व्यक्तित्व सम्मानित हुने

चितवन हात्ती महोत्सवमा चार व्यक्तित्व सम्मानित हुने


चितवन । चितवनको पर्यटन प्रवद्र्धनका लागि पुस ११ गतेबाट सौराहामा सुरू हुने चितवन हात्ती महोत्सवको तयारी तीव्र पारिएको छ । 
 
महोत्सव सुरू हुने समय नजिकिँदै गर्दा आयोजक क्षेत्रीय होटल संघ सौराहा, चितवनले तयारीलाई तीव्र पारेको हो । 
 
महोत्सवअन्तर्गत स्थान व्यवस्थापन, प्रचारप्रसार, हात्तीलाई अभ्यासलगायत अन्य आन्तरिक तयारी भइरहेको संघले जनाएको छ । चितवनको पर्यटन प्रवद्र्धनका लागि हरेक वर्ष हुने सो महोत्सव यसवर्ष पन्ध्रौँ संस्करण हो । 
 
महोत्सवअन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती फास्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरुको वनभोज, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । 
 
हात्ती फास्ट वाकमा २०, पोलोमा ४ टिम, फुटबलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने छन् । 
 
यसवर्ष महोत्सवको नयाँ कार्यक्रमका रुपमा कवि गोष्ठी समावेश गरिएको छ । देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । 
 
बाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिता जनाउने हात्तीहरु अहिले अभ्यासमा व्यस्त छन् । 
खेललाई रोमाञ्चक बनाउन हात्ती र हात्तीका छावाहरुलाई अभ्यास गराइएको संघका प्रथम उपाध्यक्ष एवम् महोत्सवका प्रवक्ता दीपक भट्टराईले बताए । 
 
महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
 
पर्यटन तथा संरक्षणमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई राष्ट्रपति विद्यादेवीबाट सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
 
सम्मानित हुनेहरुमा संरक्षणतर्फ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकृत नरेन्द्र अर्याल र चितवन निुकञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे, पर्यटनतर्फ होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष अमरमान शाक्य र पर्यटन व्यवसायी हरिहर सैंजु रहेका छन् ।