मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका र नेपाल सम्बन्ध अर्को तहमा लैजान सहमत

अमेरिका र नेपाल सम्बन्ध अर्को तहमा लैजान सहमत


हिमालयखवर संवाददाता
वासिङटन डिसी- अमेरिका र नेपाल सात दशक लामो सम्वन्धलाई अझ बृहत गाढा बनाउँदै अर्को तहमा लैजान सहमत भएका छन् ।
नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी सेक्रेटरी अफ स्टेट माइकल आर पिम्पो बीच मंगलवार दिउँसो भएको वार्ता पछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिईएको हो ।
 
परराष्ट्र मन्त्री ज्ञवाली र समकक्षी पिम्पो बीच वासिङटन डिसी स्थित स्टेट डिर्पाटमेण्टमा दुई पक्षिय वार्ता भएको थियो । वार्तामा नेपालका परराष्ट्र सचिव शंकर वैरागी दाहाल, राजदुत डा अर्जुन कार्की पनि सहभागी थिए ।
 
अमेरिकाका तर्फवाट दक्षिण एशिया हेर्न उप विदेशमन्त्री, नेपालका लागि अमेरिकी राजदुतको सहभागिता थियो । वार्तामा दुई देश विचको सम्वन्ध विस्तार, सहयोगका क्षेत्र छलफल भएको मन्त्रालयले जनाएको छ ।
 
मन्त्रीस्तरमा वार्ता हुनुअघि पराराष्ट्र सचिव स्तरमा वार्ता भएका थियो । यस दुई पक्षिय वार्तामा सचिव दाहाल अमेरिकाको दक्षिण एशिया क्षेत्र हेर्ने उनका समकक्षी लगायतको सहभागिता थियो । अमेरिकाले नेपाल सम्वन्धि नीति भारतको आँखावाट हेर्छ भन्ने विश्लेषण भईरहेको बेला यो दुई पक्षिय वार्ता भएको हो । यो वार्तालाई निकै महत्वपुर्ण मानिएको छ ।
 
नेपाल र अमेरिका विच मन्त्रीस्तरमा १७ बर्ष पछि औपचारिक रुपमा दुई पक्षिय वार्ता भएको हो । वार्तामा मुख्य रुपमा अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत दिएको सहयोगको प्रभावकारी उपयोग लगायतका विषयमा छलफल भएको थियो ।
 
एमसीसी मार्फत अमेरिकाले झण्डै ५० अर्ब रुपैँया अनुदान सहयोग दिएको छ  । यो रकम विद्युत प्रसारण लाइन वताउन र सडक मर्मतका लागि खर्च हुदैँछ । यो परियोजना समयमा सम्पन्न गर्न अमेरिकाले जोड दिएको छ । वार्तामा पराराष्ट्रमन्त्री ज्ञवालीले नेपालको हालको अल्पविकसित देशवाट सन् २०३० मा माथि आउन तय गरेका प्रथामिकता क्षेत्रका बारेमा जानकारी दिएका थिए ।  यसवाहेक दुई पक्षिय वार्तामा नेपालले अमेरिकी सहयोग, लगानी तथा व्यापार विस्तारका लागि सहयोगको आग्रह गरेको थियो ।
 
परराष्ट्र मन्त्री ज्ञवालीले बुधवार वासिङटननमा अमेरिकी सहयोग नियोग लगायत विभिन्न निकायका पदाधिकारीले भेट्ने कार्यक्रम छ । अमेरिका विश्वको सवैभन्दा ठुलो अर्थतन्त्र भएको शाक्तिशाली देश हो । यहाँ नेपाली समुदायको संख्या पनि बढीरहेको छ । करिब तीनलाख नेपाली अमेरिकामा स्थायी बसोवास गर्ने तथ्यांक छ ।