मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ल्होछारको विशेष कार्यक्रम हुँदै

ल्होछारको विशेष कार्यक्रम हुँदै


लसएन्जलस (क्यालिफोर्निया)- लसएन्जल्समा गुरुङ्ग समुदायले नयाँ बर्ष २०१९को अवसर तथा ल्होछारको विशेष कार्यक्रम गर्ने भएका छन् । 
 
जनवरी २० तारिक तारा हिमालयन कुजिन आर्टेशिया शहरमा ल्होछार पर्ब दोहाोरी गायिका शिला आलेमगर र गुरुङ समुदायकी चर्चित कलाकार मिरा गुरुङको साथमा मनाउने भएका हुन्।
 
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ्ग समाज हो । जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्नु सिङ्गो नेपालको लागि गौरव भएको उल्लेख गर्दै मनोरंन्जनात्मक ढंगले ल्होछार मनाउनको निम्ति संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जनाएका छन् ।