मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतीय तस्करले नेपाल प्रहरीको हतियार लुटे

भारतीय तस्करले नेपाल प्रहरीको हतियार लुटे


वीरगञ्ज । पर्सामा भारतीय तस्कर र नेपाली तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार कब्जा गरेका छन् । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं १ स्थित पाँडेपुर प्रहरीचौकीका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहित प्रहरीलाई कुटपिट गरी हतियार लुटिएको हो । 
 
नेपालको सीमावर्ती नेपाली गाउँ पाँडेपुरबाट भारतमा भइरहेको पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रदेश नं २ का डीआईजी हरि पालले बताए । 
 
उनले थोरै संख्यामा प्रहरी भएका बेला आक्रमण गरेको बताए । लुटेराहरुले प्रहरीको थ्री नट थ्री पनि लगे पनि हतियार फेला परिसकेको बताए । 
 
डीआईजी पालले घटनामा संलग्नहरुको पहिचान भइसकेको र पाँडेपुरमा प्रहरी अपरेसन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘घटनास्थलमा प्रहरी टोली गएको छ । पाँडेपुरमा पुरुषहरु कोही छैनन् । सबैले राति नै गाउँ छाडेको देखिएको छ ।’ 
 
तस्करहरूको आक्रमणबाट सहायक निरीक्षक यादवलगायत हबल्दार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरी घाइते भएका छन् । 
 
गम्भीर घाइते भएका चौधरीको न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।