मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
 
प्रधानमन्त्री ओलीले ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 
 
पूर्वप्रम गिरीको मंगलबार बिहान उनकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो । 
 
उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिइन् । उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।