मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका र नेपाल बिच मन्त्रीस्तरमा मंगलबार वार्ता

अमेरिका र नेपाल बिच मन्त्रीस्तरमा मंगलबार वार्ता


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिका र नेपाल बिच मङ्गलवार मन्त्रीस्तरमा बार्ता हुने भएको छ । झन्डै १७ वर्ष पछि यस स्तरमा अमेरिका र नेपाल बिच वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन नेपालका पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वासिङ्टन डिसीमा आई पुगेका छन् । मंगलबारज्ञवाली र अमेरिकी सेक्रेटरी अफ स्टेट अर्थात् विदेश मन्त्री माइक पिम्पो बिच औपचारिक रूपमा वार्ता हुन लागेको हो ।
 
यो वार्ता नेपाल र अमेरिका बिच सम्बन्धलाई नयाँ दिशा दिन महत्त्वपूर्ण हुने कूटनीतिक अधिकारीहरूले बताएका छन् । अमेरिकाले नेपालसँगको सम्बन्ध भारतीय आँखाबाट हेर्छ भन्ने मान्यता रहेका वेला यो वार्ता हुन लागेको हो  ।
 
यो वार्तामा अमेरिकाले अमेरिकी नागरिकलाई नेपालले लिदं आएको भिसा शुल्क हटाउन अनुरोध गर्ने लगायतका मुद्दा रहेको बताइएको छ । यदि नेपालले अमेरिकी नागरिकलाई भिसा शुल्क नलिने प्रस्ताव स्विकार्यो भने अमेरिकी पासपोर्ट लिएका नेपाली मूलका अमेरिकीलाई पनि फाइदा पुग्ने छ । मानव अधिकार, इमिग्रेशन, शरणार्थी समस्या लगायतका  विषयमा पनि वार्ता हुने बताइएको छ ।
 
वासिङ्टन राजनीतिक बृत्तमा नेपालले खासै महत्त्व राख्दैन । नेपाल र अमेरिका बिचको व्यापार तथा आर्थिक सम्बन्ध न्यून रहेकाले पनि महत्त्व नपाएको हो । केही वर्ष यता नेपाल र अमेरिका बिचको व्यापारमा खासै उल्लेखनीय वृद्धि भएको छैन ।
 
अमेरिकी लगानीकर्तापनि नेपाल जान उत्सुक देखिएक छैनन् । अमेरिकाका लगानी कर्ता र सरकारी अधिकारीले पहिले नेपालको अवस्था ठिक होस अनि हेरौँला भन्ने जवाफ मात्र दिदैं आएका छन् । विश्व बैङ्कको डुईगं विजनेस रिर्पोटमा नेपालको व्यावसायिक वातावरण खस्किएको देखाएकोले पनि अमेरिकी अधिकारीहरूले यसलाई सुधार्न सुझाव दिएका छन् ।
 
हाल नेपालले अमेरिका वाट मिलिनियम च्यालेञ्च कर्पोरेशन् (एमसीसी) मार्फत ५० अर्ब रुपैयाँ भन्दा वढीको सहायता परिचालन गरिरहेको छ । बिजुलीको ट्रान्समिशन लगायतका पूर्वाधार निमार्णमा यो पैसा खर्च हुँदै छ । तर यो परियोजनाका कतिपय समान महँगोमा किन्नुपर्ने बाध्यताले यत्रो सहयोगको पूर्ण प्रतिफल नेपालले आउँछ पाउँदैन भन्नेमा शङ्का छ ।
 
अमेरिका उड्नु अघि पराष्ट्रमन्त्री ज्ञवालीले दुई देश बिचको सम्बन्ध बाहेक सहयोग, व्यापार र लगानी विस्तारमा वार्ता केन्द्रित हुने जनाएका थिए ।
 
तर, व्यापार र लगानीको क्षेत्रमा भने ज्ञवालीलाई अमेरिकी अधिकारीहरूलाई आश्वस्त पार्न सजिलो हुने छैन । अहिले नेपालमै निजी क्ष्ँेत्रका लगानी कर्ता हतोत्साहित छन् । आफ्नो देशको बोइगं कम्पनीको जहाज किन्न छाडेकाले अमेरिका पनि सन्तुष्ट छैन । ज्ञवाली अर्थ र व्यापारका जानकार पनि होइनन् । त्यसैले दुई देश बिच सम्बन्ध सुधारमा यो बार्ता महत्त्वपूर्ण भए पनि व्यापार र लगानी विस्तारमा फलदायी हुन्छ भनेर धेरै आशावादी हुन सकिदैंन ।
 
केही साता अघि नेपाल र अमेरिकाका अधिकारीहरू व्यापार तथा लगानी सम्बन्धी वार्ता भएको थियो । डिसीमा भएको उक्त वार्तामा पनि अमेरिकाका सरकारी अधिकारीले अहिलेकै अवस्थामा व्यापार तथा लगानी विस्तार हुन्छ भनेर बढी आशा नराख्न सुझाएका थिए ।
 
नेपाली डायोस्पोरालाई वेवास्ता
 
यो वार्तामा नेपाली डायोस्पोरालाई भने पुर्णतह नेपाली डायोस्पोरालाई वेवास्ता गरिएको छ । अमेरिका बस्ने नेपालीका पनि थुप्रै चासोका विषयभएपनि डिसी स्थित दूतावासले यहाँ बस्ने नेपालीलाई यस्ता विषयमा पुर्णतह बेवास्ता गर्दै आएको छ । अमेरिका बस्ने नेपाली समुदायका पनि मुद्दा हुन सक्छन् भन्ने कुरालाई पुर्णतह नकारिएको छ ।
 
दूतावासका अधिकारीहरूले सकेसम्म नेपाल वाट आउने मन्त्रीलाई नेपाली डायोस्पोरासंग भेट्नै नदिने गरिएको व्यापक गुनासो छ । एनआरएन अमेरिका पनि चुनाव र राजनीतिबाहेक यस्ता सवालमा निष्कृय जस्तै छ ।
 
विदेश वाट नेपाल जाने पैसा रेमिट्यान्समा अमेरिकाको अंशसवैभन्दा बढी छ । अमेरिकामा कमाउने थुप्रै नेपालीले नेपालमा पनि लगानी गर्न चासो देखाउँदै आएका छन् । तर, नेपालको सरकारी तवर वाट यसलाई कुनै महत्त्व दिइएको छैन ।
 
अमेरिकाका करिब ३ लाख नेपाली स्थायी रूपमा बसोबास गर्छन् भन्ने अनुमान छ ।