मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल इञ्जिनियर्स एशोसिएशनमा प्रगतिशील समूह विजयी

नेपाल इञ्जिनियर्स एशोसिएशनमा प्रगतिशील समूह विजयी


काठमाडौँ । नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् । 
 
यहाँ आज सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा डा त्रिरत्न बज्राचार्य विजयी भएका छन् । आज सम्पन्न मतगणनामा उहाँले लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई पराजित गर्दै विजयी हुनुभएको हो । प्रधानले चार हजार ४८६ मत ल्याए । यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा चण्डिकाप्रसाद भट्टले चार ६११ मत प्राप्त गरे । 
 
महासचिवमा छविराज पोखरेल विजयी भएका छन् । पोखरेलले चार हजार ८४५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी अभिमन्युलाल सिंहले चार हजार ४१७ मत प्राप्त गरे । यसैगरी उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७६८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अशोककुमार साहले चार हजार ४१० मत प्राप्त गरे । कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २२७ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी अपिल केसीले तीन हजार २५७ मत प्राप्त गरे । 
 
सहकोषाध्यक्षमा प्रगतिशीलकै चाँदमाला श्रेष्ठले चार हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५२४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिए । सदस्यमा प्रगतिशील समूहका चार सदस्य विजयी भए । उनीहरुमा छवि अधिकारी, प्रताप सापकोटा, दिलीपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा छन् । 
 
यस्तै लोकतान्त्रिक समूहका सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, एभरेष्ट केसी, ज्योतिमणि भट्टराई, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी भएका छन् । एशोसिएशनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन गत शुक्रबार काठमाडौँलगायत सात वटै प्रदेशमा भएको थियो । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा भएको थियो ।