मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा स्वर सम्राट नारायण गोपाल स्मृतीमा कवी गष्ठी गरिने

कोलोराडोमा स्वर सम्राट नारायण गोपाल स्मृतीमा कवी गष्ठी गरिने


कोलोराडो (अमेरीका)-  अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले स्वर सम्राट नारायण गोपालको २८ औँ स्मृती दिवस पारेर कवि गोष्ठी आयोजना गर्ने भएको छ । श्रष्टा सम्मान तथा नियमित कवि गोष्ठी कार्यक्रम अन्तर्रगत डिसेम्बर २२ तारिक कोलोराडो नर्थग्यालेन स्थित क्रसरोड चर्चमा कवि गोष्ठी कार्यक्रम गर्न लागिएको हो । 
 
उनै स्वर सम्राटको संझनामा आफ्ना लेख, रचना लिएर सुन्न र सुनाउनका लागि सबैमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले अनुरोध गरेका छन् । 
 
आफ्नो जिवन कालमा पाँच सय भन्दा बढी सुमधुर गीतहरु नेपाल र नेपाली भाषीहरुलाई छोड्दै बि.सं २०४७ मंसीर १९ गते नारायण गोपाल यस धर्तीबाट बिदा भएका थिए ।