मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हिट एण्ड रन केसमा बाल्टिमोरका मानबहादुर गुरुङ प्रक्राउ

हिट एण्ड रन केसमा बाल्टिमोरका मानबहादुर गुरुङ प्रक्राउ


हिमालयखवर संवाददाता
अमेरिका- बाल्टिमोर काउण्टी प्रहरीले दुर्घटना गरेर भागेको (हिट एण्ड रन) अभियोगमा ३६ वर्षीय मान बहादुर गुरुङलाई पक्राउ गरेको छ । रोजडेलमा बस्ने गुरुङले गत डिसेम्बर ८ मा चलाएको गाडीले टाउसन यूनिर्भसिटीका विद्यार्थी २० वर्षीय एमजी निउवे लाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गुरुङले नियमअनुसार गाडी रोकेर प्रहरीलाई खबर गर्नु पर्नेमा भागेका थिए । उनको पछि आएको अर्को गाडीका चालकले रोकेर प्रहरीलाई खबर गरेका थिए ।
 
प्रहरीले निउवेलाई अस्पताल लगेको थियो । त्यही मृत्यु भइसकेको घोषणा गरिएको थियो । पक्राउ परेका गुरुङलाई ४ वटा अभियोग लगाइएको छ । उनलाई धरौटीमा छुट्न नपाउने गरी जेलमा राखिएको छ ।
 
गुरुङले चलाएको २०१७ को ग्रे टोयोटा टुन्ड्रा गाडीले निउवेलाई नर्थ चाल्र्स स्ट्रिट क्रस गर्दा ठक्कर दिएको थियो । बाल्टिमोर प्रहरीले गुरुङको गाडीको स्पिड, उनले ड्रग वा रक्सी पिए नपिएको लगायतका दुर्घटनाका कारण अनुसन्धान गरिरहेको छ ।
 
हिट् एण्ड रन केशलाई अमेरिकामा अपराध मानिन्छ । दुर्घटना भईहाले रोकेर प्रहरीलाई खबर गर्नु पर्ने नियम छ । तस्बिर : सामाजिक संजाल