मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मन्दिरमा मनोनयन आइतबारसम्म

नेपाली मन्दिरमा मनोनयन आइतबारसम्म


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – ड्यालसको नेपाली मन्दिरको कार्यसमितिमा बसेर काम गर्ने इच्छा छ ? यदी छ भने उम्मेदवारी मनोनयन खुल्ला भएको छ । 
मन्दिर सञ्चालन गर्दै आएको संस्था नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को आउँदो साता हुने नेतृत्व चयनका क्रममा आइतबार (डिसेम्बर १६ तारिक) सम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्ने छ ।
 
‘आइतबार उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति हो,’ एनसिएससीका महासचिव सुरेशचन्द्र पोखरेलले भने । एनसिएससी र बोर्ड अफ ट्रष्टी दुबै तर्फ उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति आइतबारसम्ममात्र रहेको छ ।
 
साधारण सभा आउँदो डिसेम्बर २३ तारिक आइतबार हुँदैछ । निर्वाचनका लागि बैकुण्ठ थापाको संयोजकत्वमा डा. प्रेम अधिकारी र महेन्द्र पौडेल सदस्य रहेको समिति गठन भैसकेको छ । 
 
एनसिएससी कार्यसमितिमा अध्यक्ष, दुईजना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एकजना कोषाध्यक्ष र चारजना सदस्यहरु चुनिनेछन् । 
 
पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माण गरेर सञ्चालन गर्दै आएको एनसिएससीले निकट भविष्यमै युलेसमा भव्य र सबैखालका सामाजीक कृयाकलाप गर्नसक्ने क्षमतायुक्त भव्य मन्दिर बनाउने तयारी गरिसकेको छ । नयाँ मन्दिरका लागि नक्सा र डिजाइनको काम भैरहेको छ । 
 
नेपाली मन्दिरमा कार्यसमितिमा रहेर सामुदायिक, धार्मिक कार्य गर्न चाहनेलाई उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिले आह्वान गरेको छ । उम्मेदवारी दर्ता निशुल्क रहेको जनाइएको छ । 
 
उम्मेवारी फारम वेवसाइटमा राखिएको छ । सदस्यहरु तथा मन्दिरको इमेलको सूचिमा रहेकाहरुलाई पठाइएको छ । तर उम्मेदवारी दर्ताका लागि भने आवेदक स्वयम उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ ।