मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नारायण गोपाललाई यसरी सम्झिए ड्यालसका कलाकारले(भिडियो सहित)

नारायण गोपाललाई यसरी सम्झिए ड्यालसका कलाकारले(भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस ड्यालसमा नवगठित नेपाली कला समूहको आयोजनामा शुक्रबार सम्पन्न भएको छ । 
 
साँझ आयोजित कार्यक्रममा स्वर सम्राटको सम्झनामा उहाँबाट गाइएका गीतहरु पाँच बर्षिय बालकदेखि स्थानीय ख्यातिप्राप्त कलाकारहरु समेतले गाए । शुक्रबारको साँझ ड्यालसबासी नेपालीहरु उनै स्वर सम्राटको सम्झनामा उनकै गीतमा झुमे । 
 
‘नेपाली कलाकारको सम्मान गर्नका लागि हामीले यो संस्था भरखरै जन्माएका हौँ,’ नेपाली कला समूहका अध्यक्ष तथा हाँस्यकलाकार नारायण त्रिपाठीले भने । नेपालमा रहँदा र अमेरिकामा आइसकेर पनि गायन, नृत्य र अभिनयको क्षेत्रमा संलग्नहरुलाई यो संस्थाले समेट्ने उद्वेश्य लिएको समेत उनले जानकारी दिए ।
 
एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले पिपलको विरुवामा कलात्मक करुवाबाट जल सिंचन गरेर सुरु भएको कार्यक्रममा स्वर सम्राटको तस्विरमा माल्र्यापण गरिएको थियो । स्थानीय गायक भीम चापागाईले नारायण गोपालद्वारा गाइएको स्वदेश गान गाएर कार्यक्रमको सुरुवात भएको थियो । 
 
स्थानीय रोधन पोखरेलले कार्यक्रमको निकै व्यबस्थित रुपमा सञ्चालन गरेका थिए । तर साउण्ड सिस्टमले बेलाबेलामा धोका दिँदा कार्यक्रम भव्य भैकन पनि निकै खल्लो महसुस भएको प्रतिकृया सहभागीहरुको थियो । 
 
त्यस अवसरमा भीम चापागाई, केशव पौडेल, गुञ्जन उपाध्याय, तुङ्गनाथ उपाध्याय, आरजु उप्रेति, राम पाण्डे, भिम थापा, नबिन सापकोटा, अविरल ज्ञवाली, ५ बर्षिया बालक आर्यन ज्ञवाली लगायतले गीत प्रस्तुत गरेका थिए । त्यस्तै मञ्जिता क्षेत्रीले नृत्य प्रस्तुत गरेकी थिइन् ।
 
स्थानीय श्रोता तथा दर्शकहरु रातिसम्म बसेर भएपनि कार्यक्रम हेरेर मुग्ध भएका थिए ।