मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

गणेशधाम निर्माणार्थ १० करोड ८० लाख संकलन

गणेशधाम निर्माणार्थ १० करोड ८० लाख संकलन


चितवन । भरतपुरमा गणेशधाम निर्माणका लागि १० करोड ८० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । मंसिर २२ गतेदेखि २९ गतेसम्म संचालन भएको महायज्ञबाट सो रकम संकलन भएको हो । 
 
शनिबार आयोजित समापन कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर एवं समापन समारोहकी प्रमुख अतिथी मेयर रेनु दाहालले महानगरको तर्फबाट १ करोड रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । 
 
गणेशस्थानलाई गणेशधाम बनाउने अभियानमा महानगरपालिका साथ दिन तयार रहेको भन्दै मेयर दाहाल १ करोडमात्र नभई निर्माणका क्रममा आवश्यक बजेट महानगरले उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । 
 
गणेशस्थानलाई गणेशधामको रुपमा परिकल्पना गर्ने र महायज्ञ सफल बनाउन खटिने सांसद विजय सुवेदीको योजनालाई साथ दिन महानगरपालिका तयार रहेको उनको भनाइ छ । 
 
कार्यक्रममा बोल्दै पण्डित दीनबन्दु पोखरेलले गणेशधामको सद्भावना दूतको रुपमा रहेर काम गर्ने प्रतिबद्धता जनाए । धानञ्चलमार्फत विभिन्न अभियानमा सामेल भएको भए पनि गणेशधाम निर्माणका लागि आयोजित धनधान्याचलबाट आत्मसन्तुष्टि मिलेको उनले बताए । 
 
सबै चितवनवासीको सक्रिय सहभागिताले धान्याचल सफल भएको एवं मुल आयोजक समितिका अध्यक्ष दिनेशकुमार चुकेले बताए । उनले महायज्ञमा जस्तै गणेशधाम निर्माण गर्ने अभियानमा पनि साथ दिन सबैलाई आग्रह गरे । 
 
सो अवसरमा महायज्ञमा सहयोग घोषणा गर्ने र अहोरात्र खटिने प्रदेशसभा सांसद विजय सुवेदी, वाचक पण्डित दिनवन्दु पोखरेल, भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारीलाई अभिनन्दन गरिएको थियो ।