मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

सी.डी.विजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल (भिडियो)

सी.डी.विजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल (भिडियो)


कतार- द भ्वाइस अफ नेपालको फाइनलबाट सी.डी.विजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । कतारमा सम्पन्न भएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति  थियो  I 
 
लक्ष्मण पौडेलद्वारा निर्देशरत तथा सुशील नेपालद्वारा सञ्चालित ‘द भ्वाइस अफ नेपाल’ मा गायक दीप श्रेष्ठ, सनुप पौडेल, प्रमोद खरेल तथा गायिका अभए सुब्बा निर्णायक छन् । पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिय हास्य कलाकार जोडी धुर्मुस सन्तलेले गरेका थिए ।  
 
भ्वाइस अफ नेपालका विजेताले नगद २५ लाख रुपैयाँ, कार, २० लाख रुपैयाँ बराबरको भिडियो एलबमको सम्झौता तथा विश्व साङ्गीतिक भ्रमणको अवसर प्राप्त गर्ने बताइएको छ । द भ्वाइस कार्यक्रम नेदरल्यान्डसहित विश्वका विभिन्न १ सय २९ देशमा निर्माण भएर प्रसारण भैसकेको छ । 
 
विजयले आफूलाई भोटिङबाट तथा सुनेर विश्वभरबाट समर्थन गर्ने तथा माया गर्ने लाखौँ दर्शक श्रोताहरूलाई धन्यवाद दिए I 
 
प्रत्येक शनिवार तथा आइतबार राति ९ बजे प्रसारण हुँदै आएको  द भ्याइस अफ नेपालको युट्युब च्यानलमा समेत उत्तिकै लोकप्रिय भएको छ ।तस्बिर: सामाजिक संजाल