मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

गणेशधाममा साढे आठ करोड रुपैयाँ संकलन

गणेशधाममा साढे आठ करोड रुपैयाँ संकलन


चितवन । भरतपुरको धार्मिक तथा ऐतिहासिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणका लागि आयोजना गरिएको धनधान्याचल ज्ञानमहायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा शुक्रबार छैठौँ दिन दुई करोड ५२ लाख १० हजार रुपैयाँ आर्थिक संकलन भएको छ । 
 
शुक्रबारसम्म करिब साढे ८ करोड रुपैयाँ आर्थिक संकलन भइसकेको महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।
 
महायज्ञको छैठौँ दिनमा चितवन रोटरी क्लबले एक करोड रुपैयाँ दान गरको छ । यस्तै, उद्यमी तथा समाजसेवी गौरीश्वर सापकोटाले १५ लाख ५५ हजार ५५५ रुपैयाँ, युवा व्यवसायी निरञ्जन रेग्मीले १५ लाख रुपैयाँ र उद्योग वाणिज्य संघ चितवनको तर्फबाट १५ लाख रुपैयाँ दान गरिएको छ । चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले सांसद विकास कोषबाट १२ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
 
यस्तै, बाबुराम कार्कीले २ लाख ५१ हजार १११, मोहन पन्तले २ लाख ५१ हजार १११ रुपैयाँ, श्रीधर घिमिरेले २ लाख ५१ हजार १११ रुपैयाँ, रुक्मागत पाण्डेले २ लाख ११ हजार १११, कल्याणी श्रेष्ठले २ लाख ११ हजार १११, डाक्टर केशवराज भुर्तेलले २ लाख ११ हजार १११ रुपैयाँ, हर्क क्षेत्रीले २ लाख २ हजार २२२, नरेश अधिकारीले २ लाख २२२ रुपैया दान गरेका छन् ।
 
भरतपुुर ११ मा रहेको साबिकको पारिजात टोलविकास संस्थाबाट १ लाख ६४ हजार रुपैयाँ दान गरिएको छ भने सुरेशचन्द्र अधिकारीले १ लाख ५१ हजार १५१, रामकृष्ण श्रेष्ठले १ लाख ५१ हजार १२१, हरिशचन्द्र पोखरेलले १ लाख २५ हजार ५२५, गोपाल भट्टराईले १ लाख २५ हजार ५२५, रवीन्द्र अधिकारीले १ लाख ११ हजार ५०५, इमान्दु बराल र नवराज मरहठ्ठाले १ लाख १ हजार १०१ रुपैयाँ दान गरेका छन् ।
 
यस्तै, सल्लेरी/शान्ति टोलबाट १ लाख १ हजार १०१ रुपैयाँ, भेषराज/उषामाया पाठकले १ लाख १ हजार १०१ रुपैयाँ, शम्भु/राजेन्द्र/लक्ष्मण बानियाले १ लाख १ हजार १०१ रुपैयाँ, चितवन उद्योग संघका तर्फबाट १ लाख १ हजार १०१ रुपैयाँ र  चितवन रोटरी क्लबले पनि १ लाख १ हजार १०० रुपैयाँ दान गरेका छन् । २२ मंसिर गतेदेखि जारी महायज्ञ आज शनिबार सकिनेछ ।