मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नुवाकोटमा मिनिट्रक दुर्घटना, ३० जनाभन्दा बढी हताहत भएको आशंका

नुवाकोटमा मिनिट्रक दुर्घटना, ३० जनाभन्दा बढी हताहत भएको आशंका


काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफु–१ मा शुक्रबार दिउँसो मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको आशंका गरिएको छ ।
 
शिखरबेँसीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
 
घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्धार गरी स्वास्थ्य संस्थामा पठाएको छ । उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने डीएसपी भट्टराईको भनाइ छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिएका छन्।
 
तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किंदै गरेकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किंदै गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटनामा परेको हो । ४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले बताएकी छन् । 
 
प्रहरीका अनुसार आइचरमा सवार ४६ जनामध्ये १६ जनाको शव भेटिएको र अझै १४ जनाभन्दा बढीको हताहत भएको आशंका गरिएको छ ।
 
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भट्टराईको टोली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।