मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जन्ती जाँदा बेहुलाका आमाबुबासहित ६ जनाको मृत्यु

जन्ती जाँदा बेहुलाका आमाबुबासहित ६ जनाको मृत्यु


चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र यात्रु बस ठोक्किदा ६ जनाको ज्यान गएको छ । बा १२ च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान ठोक्किएर दुर्घटना भएको हो
 
मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।
 
यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहिका निमित्त प्रमुख पुरण मल्लले जानकारी दिए ।
 
मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका स्थानीय खेमराज गौतमले बताए । घाइतेमा राप्तीसोनारी (८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन् ।
 
घाइते दुवैलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा पुष्प भुषालले बताए । मृतक सबैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।