मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इन्द्रेणीको साधारण सभा डिसेम्बर २२ मा

इन्द्रेणीको साधारण सभा डिसेम्बर २२ मा


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – सांस्कृतिक क्षेत्रमा ड्यालसमा कृयाशील संस्था इन्द्रेणी सांस्कृतिक संघको साधारण सभा आउँदो डिसेम्बर २२ मा हुने भएको छ । 
 
संस्थाको १० औं बार्षिक उत्सव सहितको साधारण सभा २२ तारिक शनिबार डिएफडब्लु एअरपोर्ट होटलमा हुनेगरि कार्यक्रम तय भएको अध्यक्ष तारा भुसालले जानकारी दिए । यस पटकको अधिवेशन पाँचौ अधिवेशन भएकोले नयाँ नेतृत्व समेत चयन हुने कार्यक्रम रहेको भुसालले जानकारी दिए । 
 
सन् २००७ मा इन्द्रेणी सांस्कृतिक संघ गठन भएको हो । यसको संस्थापक अध्यक्ष सरिता भट्ट हुन् । हालसम्म यो संस्थामा नेत्र पाण्डेले दुई कार्यकाल अध्यक्ष भएर सञ्चालन गरिसकेका छन् भने वर्तमान अध्यक्ष भुसालले पनि दुइ कार्यकाल पुरा गरिसकेका छन् । 
 
सांस्कृतिक कार्यक्रम सहितको साधारण सभा शनिबार दिउँसो २ बजेबाट सुरु हुने गरि कार्यक्रम तय गरिएको छ । साधारण सभाले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ९ जना सदस्यहरुको चयन गर्नेछ ।
 
साधारण सभाको मिति तोकिएसँगै नयाँ नेतृत्वको लागि युवा व्यबसायी सुशील क्षेत्रीको नाम चर्चामा छ । लामो समयदेखि ड्यालसमा रहेर क्षेत्री बिभिन्न सामुदायिक कृयाकलापमा सकृय छन् । क्षेत्रीले पनि नेतृत्वका लागि तयार रहेको संकेत दिएका छन् । 
 
केही महिना अघि वर्तमान महासचिव रुपेश न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । 
 
‘सकभर चुनाव नगरि मिलाएर लैजाने तयारीमा हामी छौं, चुनाव हुँदा साथीहरुबीच मनमुटाव हुने अनुभवले गर्दा सबैले मिलेर अघि बढाउने तयारी हाम्रो हो,’ अध्यक्ष भुसालले भने । वर्तमान उपाध्यक्ष बेदनिधि दाहालले पारिवारिक कारण देखाउँदै अध्यक्षमा बस्न अस्विकार गरेपछि अनुभवी, परिपक्व र समुदायमा कृयाशील, परिचित सुशील क्षेत्रीलाई नेतृत्व लिन संस्थापकहरुले आग्रह गरेको बताइएको छ ।