मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शुक्रबार ड्यालसमा सांगितीक कार्यक्रम हुँदै

शुक्रबार ड्यालसमा सांगितीक कार्यक्रम हुँदै


ड्यालस (अमेरिका) – नेपाली कला समूह टेक्ससले शुक्रबार स्वर सम्राट नारायण गोपाललाई सम्झने भएका छन् ।
 
२०४७ सालमा निधन भएका स्वर सम्राट नारायण गोपाललाई स्मरण गर्दै डिसेम्बर १४ शुक्रबार कला समूहले अर्भिङमा विशेष सांगितीक कार्यक्रम सहित ‘नारायण गोपाल स्मृति साँझ’ गर्न लागेको हो । समूहका अध्यक्ष एवं हाँस्य कलाकार नारायण त्रिपाठीले नारायण गोपाललाई सम्झिएर शुक्रबार साँझ नेपाली मन्दिरमा (नेपाली समाजको सभा कक्ष हल) विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । 
 
‘स्वर सम्राटको सम्झनामा त्यस साँझ हामीले स्थानीय कलाकारहरुबाट गीत गाउने, नाच्ने कार्यक्रम राखेका छौं,’ त्रिपाठीले भने । जो सुकै श्रष्टालाई सम्मान गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्दै जाने योजना संस्थाले बनाएको छ ।
 
नेपाली कला समूह गठन पछि यो पहिलो कार्यक्रम हो । त्यस अवसरमा स्थानीय कलाकारहरु केशव पौडेल, भीम चापागाई, भीम थापा, राम पाण्डे, तुङ्गनाथ उपाध्यायले सांगितीक प्रस्तुती दिनेछन् । आयशा ओझाले नृत्य प्रस्तुत गर्ने कार्यक्रम समेत तय भएको छ ।
 
शुक्रबार साँझ ५ बजेदेखि कार्यक्रम सुरु हुने त्रिपाठीले जानकारी दिए । कार्यक्रममा उपस्थित भएर निशुल्क सांगितीक मनोरञ्जन लिनका लागि समूहले सबै नेपाली समुदायसँग आग्रह गरेको छ ।