मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कुन राज्यमा घर किन्न कति आम्दानी चाहिन्छ ?

अमेरिकामा कुन राज्यमा घर किन्न कति आम्दानी चाहिन्छ ?


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकामा घर किन्नु लगानी पनि हो । यस भन्दा बढी घरले बसाईलाई स्थायित्व पनि दिन्छ । समाजपनि बन्छ । 
 
अमेरिकामा घर किन्न अहिले पहिलेको भन्दा महंगो छ । तर, खुशीको कुरा धेरै ठाउँमा घरको मूल्य भने घट्न थालेको छ । २००७ को मध्येमा शुरुभएको आर्थिक मन्दी पछि घट्न थालेको थियो । तर, सन् २०१३ पछि अमेरिकामा घरजग्गाको मूल्य निरन्तर बृद्धि हुने क्रम शुरु भएको थियो ।  यसयता किन्नेलाई भन्दा विक्री गर्नेलाई फाइदा भएको थियो । तर, हाल घर जग्गाको तातेको बजार केही मत्थर भएको छ ।
 
टेक्ससको ड्यालस, कोलोराडोको डेनभर लगायत धेरै शहरमा घरको मूल्य बढ्ने क्रम रोकिएको छ । अब बजारमा बढी घर विक्रीका लागि आएका छन् भने किन्ने कम भएका छन् । यसले विक्रेतालाई मूल्य घटाउन दवाव परिरहेको छ । अर्को आर्थिक मन्दीको पनि चर्चा हुनथालेको छ । अर्थतन्त्रमा अािर्थक मन्दी र बृद्धि निरन्तर चक्र मानिन्छ ।
 
व्यापारीक दृष्टिले होइन, आफ्नो सुविधाका लागि बस्न घर किन्ने हो भने केही घटवढले भने फरक पर्दैन । किन्नु वा बिक्री गर्नु छैन भने घटवढ कागजी मूल्य मात्र हो । तर, धेरै अमेरिकीहरुले घर लगानीका दृष्टिले पनि किन्छन् । मूल्य केही मथ्थर भएपनि अहिले समान्य आम्दानीले अमेरिकामा घर किन्न भने कठिन नै छ ।
 
मनी म्यागेजिनले नोभेम्बरको अंकमा औषत मूल्यमा कुनै राज्यमा घर किन्दा आम्दानी कति हुनुपर्छ भन्ने तथ्यांक दिएको छ । उक्त म्यागेजिनका अनुसार वासिङटन डीसीमा एउटा परिवारका लागि घर किन्न औषतमा बार्षिक आम्दानी १ लाख ३७ हजार डलर हुनुपर्छ । त्यहाँ घरको मध्यम मूल्य अर्थात अाैसत मूल्य ६ लाख २० हजार डलर छ । 
 
केन्टकी राज्यको अवस्था भने भिन्न छ । त्यहाँ घरको औषत मूल्य १ लाख ९० हजार डलर पर्छ । यो मूल्यको घर किन्न बािर्षक आम्दानी ४३ हजार डलर भएपुग्छ । यो राज्यमा परिवारको औसत आम्दानी बार्षिक ४५ हजार छ । यसको मतलव त्यहाँका अधिकांशले घर किन्न सक्छन् । 
 
हवाई, क्यालिफोर्निया, म्यासचुट्स्चेसमा पनि घर किन्न वार्षिक आम्दानी १ लाख डलर भन्दा बढी भएमात्र संभव छ । १० प्रतिशत डाउन पेमेण्ट, ३० बर्षका लागि ४ दशमलव ८० प्रतिशत व्याजदरका आधारमा यसको हिसाव गरिएको हो । यो आम्दानीको ३० प्रतिशतले घरको किस्ता तिर्न सकिन्छ भनेर हिसाव गरिएको छ । अमेरिकामा बैंकहरुले ऋण दिँदा पनि आम्दानीको ३० प्रतिशतले किस्ता तिर्न पुग्छ पुग्दैन भन्नेलाई आधार मान्छन् ।
 
यस आधारमा १९ राज्य अलाम्बामा, आलस्का, अर्कान्सस्, इन्डियाना, अायोवा, क्यान्सस, केन्टकी, मिचिगन, मिनियोसोटा, मिजोरी, नेब्रास्का, नर्थ डेकोटा, ओहाओ, अक्लोहामा, पेन्सिलभानिया, साउथ डेकोटा, वेष्ट भर्जिनिया, विस्कन्सन् र वेमिङ्मा त्यहाँको औसत वार्षिक आम्दानीले घर किन्न संभव छ । बाँकी राज्यमा औसत आम्दानी भन्दा बढी घरका लागि खर्च गर्नुपर्छ ।
 
कोलोराडोमा घर किन्न बार्षिक आम्दानी ९३ हजार ६७९ डलर हुनुपर्छ । टेक्ससमा ७३ हजार १५३ डलर आम्दानी आवश्यक पर्छ । तस्बिर: सामाजिक संजाल