मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा गुरुङले(नयाँबर्ष) तमु ल्होछार मनाउँदै

लस एन्जलसमा गुरुङले(नयाँबर्ष) तमु ल्होछार मनाउँदै


अमेरिका- क्यालिफोर्निया लसएन्जल्समा गुरुङ समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई जगेर्ना गर्ने उध्येश्यले  नयाँ वर्ष २०१९ जनवरी महिनाको २० तारिख आइतबारको दिन तारा हिमालयन कुजिन आर्टेशिया सहरमा ल्होछार पर्व मनाउने भएको छ ।
 
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाज हो ।
 
जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रवर्धन र सम्बर्धन गर्नु सिङ्गो नेपालको लागि गौरव हो भन्दै सांस्कृतिक, डी.जे कार्यक्रमको साथमा ल्होछार मनाउनको निम्ति संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले यसै सूचना मार्फत लसएन्जल्सवासी नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरू एवं स्थानीय संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरू सम्पूर्ण लाई निमन्त्रणा समेत गरेका छन् ।