मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अध्यक्ष विष्ट डेट एक्स्पायर्ड सिटामोल भैसकेः पुर्व संयोजक सुवेदी

अध्यक्ष विष्ट डेट एक्स्पायर्ड सिटामोल भैसकेः पुर्व संयोजक सुवेदी


हिमालयखवर संवाददाता
अमेरिका- नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट समयमा अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न अक्षम भएकाले उनको वैधानिकता प्रति गम्भिर प्रश्न उठेको छ । 
 
जनसम्पर्क समितिकै सकृय सदश्यहरुले विष्टले जनसम्पर्क समितिको विधान र प्रजातन्त्रिक मर्म अनुसार संस्थालाई संचालन गर्न असक्षम भएको आरोप लगाएका हुन् । जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि करिव एक बर्ष अघि सकिएको र संस्थाको विधानमा समय थप गर्ने कुनै व्यवस्था नभएको हुँदा विष्टलाई जनसम्पर्क समिति अमेरिकाको अध्यक्षका रुपमा काम गर्ने कुनै अधिकार नभएको धारणा राखेका छन् । 
 
सुवेदीले हालै कृयाशील सदस्यता वितरणमा व्यापक दुरुपयोग भएको र समयमा नेतृत्व हस्तान्तरण गर्न असक्षम भएको हुँदा विष्टलाई असक्षम घोषित गरी कारवाहीको माग गरेका छन् । सुवेदी जनसम्पर्क समिति अन्तराष्ट्रिय संजालका संयोजक पनि हुन् । 
 
जनसम्पर्क समितिको पदावधी अघिल्लो नोभेम्बर २२ तारिख सम्म थियो । विष्टले सार्वजनिक रुपमा एक बर्ष अघि नै नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने बताएका थिए । तर, झण्डै १३ महिना वित्न लाग्दा पनि जनसम्पर्क समिति अमेरिकाको चुनावको तयारी सुरू भएको छैन । 
 
'जनसम्पर्क समितिको विधानमा समय थप गर्ने कुनै प्रावधान छैन । यस्तो अवस्थामा विष्टले जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष हुँ भन्दै हिड्नु भाषण गर्नु नै अनैतिक हो' सुवेदीले भने ।
 
'मानौं टाउको दुख्दा खाने सामान्य औषधी सिटामलको मिती सकियो भने हामी खादैंनौं फाली दिन्छौं जनसम्पर्क समितिपनि अहिले मिती ग्रजु्रेको सिटामोल जस्तै भएको छ' सुवेदीले भने ।
 
सुवेदीका अनुसार गत बैशाखमा जनसम्पर्क समितिलाई नेपाली कांग्रेस पार्टीले कुनै पनि राजनीतिक गतिविधि नगर्नु, अघि नवढाउनु भनि पत्र लेखेको थियो तर, जनसम्पर्क समितिका सभापति विष्टले यसलार्ई पनि वुझ्नु भएन ।
 
कृयाशील सदश्यता वितरणमा पनि निकै त्रुटीहरु भएको आरोप सुवेदीको छ । नाम खाली भएका कृयाशील सदस्यता कार्ड ल्याएर यहाँ मनलाग्दी रुपमा नाम भर्दै वितरण गर्ने कार्य भयो यो निकै आपत्तिजनक रहेको भनाइ सुवेदीको छ । गत बैशाखकै ६ सय ७४ वटा कृयाशील सदश्यका कार्ड अमेरिका आएका थिए अहिले यो अवैधानिक समितिले किन वितरण गर्यो भन्ने प्रश्न सुवेदीको छ । 
 
जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमितिको अवधि सकिएपछि भएका केन्द्रिय समितिका वैठकमा केही केन्द्रिय सदस्य अनुपस्थित हुँदै आएका छन् । यस्तै केही च्याप्टरका सभापतीले समेत राजीनामा दिएको सार्वजनिक भएको थियो ।
 
जनसम्पर्क समिति नेपाली कांग्रेस आवद्ध विदेशमा रहेका नेपालीलाई समेट्ने संस्था हो । यो संस्थावाट पनि नेपाली कांग्रेस महाधिवेशनमा प्रतिनिधित्व गराईन्छ । महाधिवेशन कांग्रेसको नीति निमार्ण गर्ने मुख्य थलो हो । विष्ट कांग्रेसका नियुक्त आमन्त्रित  केन्द्रिय सदस्य पनि हुन् ।
 
जनसम्पर्क समिति अमेरिका सधै विवादमा परिरहने संस्था भईसकेको छ । नेपालमा गएको महाभुकम्पको वेला सहयोग गर्न उठाएको पैसा हिनामिना भएको वारेमा व्यापक विवाद भएको थियो । त्यसवेला यो कार्यसमिति माथि गम्भिर आरोप लागेको थियो ।
 
जनसम्पर्क समिति विधान अनुसार नचल्दा अमेरिकामा यो संस्था कमजोर भईरहेको छ । नेतृत्वनै विधान अनुसार चल्दैन भने संस्था कसरी बलियो हुन्छ सुवेदीले भने-'जनसम्पर्क समिति अमेरिकाको अवको विकल्प भनेको असक्षम अध्यक्षलाई कारवाही र निर्वाचन समिति गठन गरेर नयाँ चुनाव गराउनु हो, जतिसममयसम्म यो कमिटी रहन्छ त्यत्तिवेला सम्म संस्थाको विधानको दुरुपयोग हुन्छ ।'