मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनमतसंग्रहमार्फत देशलाई हिन्दूराष्ट्र बनाउनुपर्छ : डा कोइराला

जनमतसंग्रहमार्फत देशलाई हिन्दूराष्ट्र बनाउनुपर्छ : डा कोइराला


चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनमतसंग्रह मार्फत देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताएका छन् ।
 
भरतपुर गणेशधाम निर्माणार्थका आयोजित बृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा।कोइरालाले जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए । 
 
“मेरो व्यक्ति चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।” उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए ।
 
नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्म स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।
 
मंसिर २२ गतेदेखि सुरु भएको वृहत धनधान्याचल महायज्ञमा मंसिर २९ गतेसम्म चल्नेछ । महायज्ञबाट करिब २० करोड रुपैयाँ संकलन लक्ष्य राखिएको छ । 
 
गणेशधाम निर्माणका लागि करिब ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । गणेशधाम निर्माणका लागि प्रदेश ३ को सरकारले ९० लाख विनियोजन गरेको छ ।
 
उठ्यो सवा करोड 
 
गणेशधाम निर्माणका लागि शनिबारबाट गणेशस्थानमा सुरु भएको महायज्ञको पहिलो दिनमै १ करोड २८ लाख रुपैयाँ संकलन भएको छ । 
 
महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष तथा व्यवसायी दिनेशकुमार चुकेले १ करोड १ लाखबराबरको दान गरेका छन्  । यस्तै, युवा जग्गा व्यवसायी बाबुराम अधिकारीले २२ लाख २२ हजार २२२ रुपैयाँ दान गरेका छन् । 
 
यस्तै, शुक्रकुमार श्रेष्ठले दुई लाख २ हजार ९९९ रुपैयाँ, रवीन्द्र बरालले २ लाख १ हजार १११ रुपैयाँ, केशवराज पौडेलले ६१ हजार ६११ रुपैयाँ दान गरेको महायज्ञ आयोजक मूल समारोह समितिका वरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए ।