मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आफ्नै विद्यालयमा विद्यार्थीले गरे तोडफोड

आफ्नै विद्यालयमा विद्यार्थीले गरे तोडफोड


भरतपुर । भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित श्री माद्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीसहित तीनजना मिलेर विद्यालयको भौतिक सामग्री तोडफोड गरेका छन् । 
 
शनिबार बिदाको दिन पारेर विद्यालय हाताभित्र प्रवेश गरी तोडफोड गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक हुतराज उपाध्यायका अनुसार सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत रमित बिक र कक्षा ९ मा अध्ययनरत नवीन बिकसहित पूर्वविद्यार्थी दीपेश तामाङ र राजेश कार्कीलाई तोडफोड गरेको आरोपमा आइतबार बिहान चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
उनीहरूको हातमा चोटसमेत लागेको छ । उनीहरूले २३ थान कम्प्युटर, फिजिक्स ल्याबमा रहेका विज्ञानका सामग्री, ह्वाइट बोर्ड, बुक कर्नर, पंखालगायतमा तोडफोड गरिएको विद्यालयका प्रधानाध्यापक हुतराज उपाध्यायले जानकारी दिए । 
 
उनका अनुसार विद्यालयले यसै वर्षदेखि सिटिइभिटीका कक्षा सञ्चालन गरेको थियो । उक्त तोडफोडबाट ७० देखि ७५ लाख रुपैयाँ क्षति भएको विद्यालयले अनुमान गरेको छ । 
 
विद्यालयमा बिहीबारदेखि दोस्रो त्रैमासिक परीक्षा चलिरहेको छ । उनीहरूलाई अभद्र व्यवहार गरेको आरोपमा सार्वजनिक मुद्दा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले जानकारी थिए । 
 
तोडफोडमा संलग्न भएका चारै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए । विसं २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् ।