मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जल्स नेवा: अर्गनाईजेशनमा नयाँ नेतृत्व

लसएन्जल्स नेवा: अर्गनाईजेशनमा नयाँ नेतृत्व


क्यालिफोर्निया । लस एन्जल्समा रहेको नेवार समुदायको  सामुदायिक संस्था नेवा: अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको भेलाले बिमल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
 
संस्कृतिविद सत्यमोहन जोशीको सम्मानदेखी म्ह पूजा, ईन्द्र जात्रा जस्ता सांस्कृतिक एवम् धार्मिक कार्यक्रमहरुलाई साउदर्न क्यालिफोर्नियामा निरन्तरता दिँदै आएको नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको शनिबारको भेलाले नयाँ कार्यसमितिको चयन गरेको हो ।
 
नयाँ कार्यसमितिको अध्यक्षमा बिमल श्रेष्ठ ,उपाध्यक्षमा नारायण श्रेष्ठ ,महासचिवमा अमित भक्त श्रेष्ठ, कोषाध्यक्षमा सुरेश श्रेष्ठ चयन भएका छन् ।
 
त्यस्तै सदस्यहरुमा रविन श्रेष्ठ,कन्हैया श्रेष्ठ,ईकुमार श्रेष्ठ,समर श्रेष्ठ, धिरेन श्रेष्ठ,राजेन्द्र प्रधान र सुमित्रा मानन्धर रहेका छन् ।
 
संस्थाको सल्लाहकारमा निवर्तमान अध्यक्ष दुर्गालाल श्रेष्ठ, वेदभक्त जोशी,कन्हैया कायस्थ, नरेन्द्र जोशी,दिलबहादुर श्रेष्ठ र सुबर्णा जोशी रहेका छन् ।
 
आफ्नो स्थापना कालदेखी नै लसएन्जलस क्षेत्रमा निरन्तर ‘रक्तदान जीवनदान’ कार्यक्रम संचालन गर्दै आईरहेको नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्निया आफुले आयोजना गर्दै आईरहेको छन् र आगामी दिनहरुमा संस्थालाई पारदर्शिता रुपले विभिन्न कार्यक्रमहरुको साथमा अघि बढ्ने नयाँ कार्यसमितिका अध्यक्ष बिमल श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।