मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल जर्नीले सम्पन्न ग¥यो गाला डिनर

नेपाल जर्नीले सम्पन्न ग¥यो गाला डिनर


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका) । नेपाल जर्नीले नेपालमा सुविधा सम्पन्न पुस्तकालय बनाउने उद्वेश्य लिएर शनिबार साँझ ड्यालसमा गाला डिनरको आयोजना ग¥यो ।
 
स्थानीय ग्रेपभाइनमा आयोजित गाला डिनरमा ड्यालसको नेपाली समुदायका अग्रणीहरुको उत्साहपूर्ण सहभागिता थियो । नेपाल जर्नीले चितवनको भरतपुरमा सुविधा सम्पन्न, अपाङ्गमैत्री पुस्तकालय बनाउने योजनामा आर्थिक संकलन गर्न गाला डिनर आयोजना गरेको हो ।
 
कार्यक्रमको सुरुमा नेपाल जर्नीकी मौसमी श्रेष्ठले सन् २०१५ मा नेपालमा गएको भुकम्पमा परेकाहरुलाई राहत संकलन गर्न थालनी गरेको जर्नी कुन रुप र कसरी यहाँसम्म आइपुग्यो भन्ने बारेमा प्रस्तुति दिएकी थिइन् । हरेक वर्ष नेपालमा नयाँ रचनात्मक कार्यक्रम गर्ने उद्वेश्यले गाला डिनर आयोजना गर्दै आएको समेत उनले जानकारी दिइन् ।
 
शनिबारको गाला डिनरमा कोलोराडोबाट आएकी नेपाली चेली बुना दाहालले दृष्टिबिहिन भएको हुँदा तत्कालिन समयमा नेपालमा आफ्ना लागि पुस्तकालय नभएकोले अनुभव सुनाउँदै अहिले नेपाल जर्नीले बनाउन लागेको पुस्तकालयमा सबै सुविधा राख्ने तयारी गरेकोमा खुशी व्यक्त गरेकी थिइन् । प्रमुख वक्ताको रुपमा दाहालले आफ्नो अनुभवहरु प्रस्तुत गरेकी थिइन् । 
 
त्यस अवसरमा टेक्सस हाउस अफ रिप्रजेन्टेटिभकी सदस्य टेरी मेजाले हरेक यात्राहरु पहिलो पाइलाबाटै सुरु हुने चर्चा गर्र्दै नेपाल जर्नीले नेपालमा गएको भुकम्पको समयबाट निरन्तर समाजसेवाको यात्रा सुरु गरेकोमा खुशी व्यक्त गर्र्दै शूभकामना दिएकी थिइन् । 
 
त्यस अवसरमा एनआरएनका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, नेपाली समाजका महासचिव भक्त भण्डारी, व्यबसायी पासाङ लामा लगायतले नेपाल जर्नीका यात्राका बारेमा चर्चा गरेका थिए ।
 
त्यस अवसरमा नेपाली मञ्जुश्री नाच, ड्यालस ट्याप ड्याजलर टीमले अंग्रेजी ट्याप नाच समेत प्रस्तुत गरेको थियो । नेपाल जर्नीका लागि पुस्तक संकलन गरेर सहयोग गरेकोमा छात्रा श्रीयम जोशीलाई ‘हिरो अफ दी नेपाल जर्नी’ उपाधी प्रदान गरिएको थियो ।
 
निकै व्यबस्थित रुपमा सञ्चालन भएको कार्यक्रममा सहभागीहरुले मनोरञ्जन लिएका थिए । कार्यक्रमको सञ्चालन कृतना बाँस्कोटा र रोधन पोखरेलले गरेका थिए भने दोस्रो शत्रको डिजेका रुपमा सुशान्तले प्रस्तुती दिएका थिए । 
 
गत वर्षको गाला डिनरबाट वचत भएको २६ हजार ६ सय ६० डलरमा यस वर्षको समेत जोडेर नेपालमा पुस्तकालय निर्माणको लागि पठाउने तयारी नेपाल जर्नीले गरेको छ । तस्बिर: बोधी क्रियसन