मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कांग्रेस केन्द्रीय बैठकमा विष्टले किन राखे यस्तो प्रस्ताव ?

कांग्रेस केन्द्रीय बैठकमा विष्टले किन राखे यस्तो प्रस्ताव ?


काठमाडाैँ। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले कांग्रेसको संशोधित विधानमा विश्वभरका जनसम्पर्क समितिको अधिकार सुनिश्चितताका लागि जोड दिएका छन् । 
 
विधान मस्यौदाका विषयमा पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा आफ्नो भनाई राख्ने क्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष समेत रहेका विष्टले यस्तो जोड दिएका हुन् । उनले जनसम्पर्क समितिका हकमा हालको विधानमा सुनिश्चित गरिएको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको व्यवस्थालाई यथावत राख्न  नेतृत्वको ध्यानाकर्षण गराए । 
 
विधान मस्यौदा समितिमा हालको व्यवस्था हटाई जनसम्पर्क समितिलाई पर्यवेक्षकको मात्र हैसियत प्रदान गर्ने भन्ने विषय छलफलमा प्रवेश गरेको आफुले जानकारी पाएको भन्दै विष्टले त्यसप्रति आफुहरुको गम्भीर असहमति रहेको बताए । 
 
'विश्वभर छरिएर रहेका करीब ६० लाख नेपालीहरुलाई मत अधिकार प्रदान गर्नका लागि सर्वोच्च अदालतले आदेश समेत दिईसकेको अवस्थामा नागरिक अधिकारका लागि निरन्तर लडेको र वर्तमान संविधानका लागि नेतृत्व गरेको पार्टीले आफ्नो विधानमा विदेशमा रहेका नेपालीहरुलाई प्रतिनिधित्व नै हुन नदिने व्यवस्था गर्नु उचित हुँदैन, यसले सम्पूर्ण लोकतन्त्र पक्षधर नेपालीहरुको अपमान हुन्छ' विष्टले आफ्नो भनाई राख्ने क्रममा भने । 
 
विष्टले पार्टीमा जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन विश्वभरका जनसम्पर्क समितिका तर्फबाट कम्तिमा दुई जना निर्वाचित केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनले भने,-'विधान मस्यौदा सुझाव समितिलाई हामीले नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट यस विषयमा लिखित सुझाव समेत पेश गरेका छौं । म त्यही समितिको प्रतिनिधित्व गर्ने हुँदा समितिलाई थप अधिकारको ग्यारेन्टी गरिनुपर्छ । म विदेशमा रहेका आम कांग्रेस सदस्यको भावना सहित यो बैठकमा उपस्थित भएको छु, भएको अधिकार कटौती होइन,हामीलाई थप जिम्मेवारी दिइनु पर्छ ।' 
 
उनले संशोधित विधानमा पाँचसय भन्दा कम क्रियाशील सदस्य भएका मुलुकबाट सम्बन्धित मुलुकका जनसम्पर्क समितिका अध्यक्षलाई पदेन महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गरेका छन् । 
 
आमन्त्रित केन्द्रीय सदस्य भएपछि दोश्रोपटक केन्द्रीय समिति बैठकमा सहभागी भएका विष्टले शुक्रबारको बैठकमा जनसम्पर्क समितिको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने,पार्टी नेतृत्वले अनावश्यक हस्तक्षेप गर्न नहुने भनाइ राखेका थिए ।
 
केन्द्रीय समिति बैठक र आसन्न महासमिति भेलामा भाग लिन तीन दिन पहिले नेपाल पुगेका नेता विष्टले पार्टीको आन्तरिक विषयमा पनि आफ्नो धारणा व्यक्त गरे । सोही क्रममा उनले कांग्रेस भनेको सभापतीको पक्ष लिँदै कांग्रेस सभापतीय प्रणालीमा चलेको, संस्कार भएको पारिवारिक सदस्यहरु सरहको संगठन भन्दै सभापतिलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 
 
यसैबीच बैठकपछि नेता विष्टले कांग्रेस सभापति शेरबहादुर देउवा जनसम्पर्क समितिको भूमिका र अधिकारका पक्षमा अत्यन्त सकारात्मक रहेको र अन्य नेताहरुले समेत समितिको अधिकार हनन नहुने विश्वास दिलाएको बताएका छन् ।