मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालिका कन्स्ट्रक्सनका प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

कालिका कन्स्ट्रक्सनका प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री एवम् कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
 
आरोपपत्रमा बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका प्रमुखसमेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।
 
भ्रष्टाचार मुद्दामा आयोजनाका तत्कालीन प्रमुखहरु सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको छ । 
 
सिँचाई विभागका इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रवीनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
 
राष्ट्रिय गौरवको भनिएको सो आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो । गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले कालिकाका प्रमुख विक्रम पाण्डे र सीटीसीईका प्रतिनिधि युवराज क्षेत्रीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
 
पूर्वमन्त्री पाण्डेलाई २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ ३१ पैसा बिगो बमोजिम सजायको माग गरिएको छ । 
 
आयोगका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगालले दायर गरेकोे आरोपपत्रमा उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजायको माग गरिएको छ । 
 
‘उक्त कार्यमा संलग्न देहाय बमोजिमका तत्कालीन २१ जना कर्मचारी र व्यक्तिहरूलाई देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको’, अख्तियारले तयार पारेको आरोपपत्रमा उल्लेख छ । 
 
अख्तियारको बिगो र सजाय मागदाबी विवरण :