मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनको ऐतिहासिक गणेशस्थान गणेशधाम बन्दै

चितवनको ऐतिहासिक गणेशस्थान गणेशधाम बन्दै


चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेशधामको रुपमा विकास गर्न गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
 
करिब २ महिना अघिदेखि गुरुयोजना निर्माणको काम शुरु भएको हो ।गुरुयोजनाका केही तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा हेर्दा गणेशधाम निकै आकर्षक देखिएको छ ।
 
‘गणेश धाम’ निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ सञ्चालन गर्न लागिएको छ । महायज्ञको तयारी पूरा भएको छ । 
 
महायज्ञ आयोजक मूल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । अधिकांश समिति र उप–समितिहरुले आ–आफ्नो काम सकिसकेका छन् भने केही समितिको काम अन्तिम चरणमा छ । महायज्ञको मुख्यमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 
 
महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
 
महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । मन्दिर क्षेत्रको सम्वर्द्धन र संरक्षणको लागि विभिन्न निकायबाट प्रयास गरिँदै आए पनि सार्थक नबनेपछि धनधान्याञ्चल गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका महासचिव रवीन्द्र बरालले जानकारी दिए । उनले महायज्ञ शुरु नहुँदै दाताबाट सहयोग प्राप्त हुन थालेको बताए ।
 
महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माणको काम अन्तिम चरणमा छ । 
 
करिब १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको छ । ‘यही महिनाभित्रै सबै डीपीआरको काम सकेर फेजवाइज निर्माणको चरणमा जाने छौं’ महासचिव बरालले भने, महायज्ञबाट उठने २० करोड, अन्य दाताहरु, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा देशकै नमूना धामका रुपका विकास गछौं ।’
 
डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ विगाहा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ विगाहामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुनेछन् ।
 
धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । चितवन २ का प्रदेश सांसद विजय सुवेदीले गणेशधाम चितवनको प्रतिष्ठासँग जोडिएकाले केही बर्ष्भित्रै निर्माण सम्पन्न गरिने बताए । 
 
उनले मंसिर महिनालाई गणेशधाम निर्माणको पर्वको रुपमा मनाउने अभियान बनाइएको बताए । सांसद सुवेदी गणेशधाम निर्माणका लागि सुरुवाती चरणदेखि नै निरन्तर रुपमा लागिपरेका छन् ।