मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

पञ्चायतले बीपी पछि नेतृत्व गर्ने सम्भावना भएका नेताहरूलाई बिगारी दियोः कृष्णलाल सापकोटा

पञ्चायतले बीपी पछि नेतृत्व गर्ने सम्भावना भएका नेताहरूलाई बिगारी दियोः कृष्णलाल सापकोटा


कृष्णलाल  सापकोटा नेपाली काँग्रेसका पुराना राजनीतिक कार्यकर्ता हुनुहुन्छ । २००७ साल देखिनै  काँग्रेसले देशको भलो गर्छ भन्ने विश्वासमा उहाँ नेपाली काँग्रेसप्रति आकर्षित हुनुभएको थियो । 
 
नेपालका मुर्धन्य राजनीतिक व्यक्तित्व बीपी कोइरालाबाट उहाँ प्रभावित हुनुहुन्थ्यो । २०१५ सालको आम निर्वाचनमा बीपी कोइरालालाई भेट्नु भएका सापकोटाले त्यसपछि सधैँ बीपीलाई आदर्श मान्दै काँग्रेस पार्टीमा समर्पित हुनुभयो । चितवनमा बसेर अझै काँग्रेसमा सक्रिय सापकोटा २०४९ सालमा जिल्ला विकास समिति चितवनको सभापति हुनुभयो । उहाँ जिल्ला विकास समिति महांसंघका अध्यक्ष पनि हुनुभयो ।
 
सापकोटा नेपाली काँग्रेसको वर्तमान अवस्था प्रति पटक्कै सन्तुष्ट हुनुहुन्न । बीपी कोइरालापछि जुन प्रकारको नेतृत्व काँग्रेसमा आउनु पथ्र्यो त्यो हुन नसक्दा पार्टीमा समस्या देखिएको उहाँको ठम्याइ छ । 
 
पञ्चायतले बीपी पछि निकै सम्भावना भएका नेताहरूलाई बिगारी दिएको र त्यसैले अहिले नेतृत्वमा समस्या देखिएको हो सापकोटाको निष्कर्श छ । तर, सधैँ अहिलेको अवस्थामा पार्टी नरहने र राम्रो नेतृत्व आएपछि काँग्रेस मजबुत हुने उहाँको विश्वास छ ।
 
नेपाल काँग्रेसमा उहाँका सुरुका दिन देखि अहिलेको अवस्थासम्मका बारेमा हिमालयखवरले सापकोटासँग कुराकानी गरेको थियो । प्रस्तुत छ-उहाँले राख्नु भएको विचारको सम्पादित अन्तरर्वार्ता ।