मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आमाबाबु नभएका विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण

आमाबाबु नभएका विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण


चितवन । झुवानी माध्यमिक विद्यालय रत्ननगर–५ को आयोजनामा आमा वा बाबु नभएका विद्यार्थीका लागि शैक्षिक सामग्री तथा पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ । 
 
रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण चौधरीको अध्यक्षता एवम् सौराहाका होटल व्यवसायी दीपेन्द्र खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झुवानी माविमा अध्ययनरत १२ जना विद्यार्थीका लागि स्टेशनरी, विद्यालय पोसाक तथा स्वीटर वितरण गरिएको थियो । 
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोगामका संयोजक एवम् झुवानी माविका शिक्षक रामचन्द्र महतोको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयश्वर पौडेल, इन्जिनियर एवम् समाजसेवी अर्जुन रिजाललगायतले मन्तव्य राखेका थिए । 
 
सो कार्यक्रममा लागि सनसेट भ्यू रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडा, इन्जिनियरद्वय अर्जुन रिजाल, सुनिल रिजाल र समाजसेवी यादव पौडेलले आर्थिक सहयोग गरेका थिए ।  
 
बाला चर्तुदशीको अवसर पारेर बाबु तथा आमा नभएका विद्यार्थीलाई सहयोग गरिएको र आगामी दिनमा पनि विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग गरिने इन्जिनियर अर्जुन रिजालले जानकारी दिए ।