मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गाला डिनर मार्फत चितवनमा सुविधायुक्त पुस्तकालय बनाउने योजना (भिडियो)

गाला डिनर मार्फत चितवनमा सुविधायुक्त पुस्तकालय बनाउने योजना (भिडियो)


हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस) ।  नेपाल जर्नीले चितवनको भरतपुरमा सुविधासम्पन्न पुस्तकालय बनाउन यही डिसेम्बर ८ शनिबार गाला डिनर राखेको छ । 
 
अमेरिकामा कार्यरत सर्जिकल टेक्निसियन माैसमी श्रेष्ठले यो अभियानको नेतृत्व लिएकी छिन् । यसअघि उनकै सकृयतामा औसतस्तरका ६ वटा पुस्तकालयहरु नेपालमा बनिसकेका छन् । स्याङजाको चिसापानी, चितवनको लोथर, हेटौंटा, चितवनको क्षेत्रपुर, नवलपरासीमा पुस्तकालयहरु बनिसकेका छन् । 
 
भरतपुरमा पाँचलाख डलरको लागतमा अपाङ्गमैत्री पुस्तकालय बनाउने योजना नेपाल जर्नीले राखेको छ । यही लगानी जुटाउन डिसेम्बर ८ मा ग्रेपभाइनमा गाला डिनर राखिएको हो । 
 
गाला डिनरमा सहभागीता वापत एकसय डलर प्रवेश शुल्क राखिएको छ । डिनरमा खाने र मनोरञ्जनात्मक कार्यक्रममात्र हुनेछ । 
 
गत वर्षको गाला डिनरबाट संकलन भएको २७ हजार डलरमा यस वर्ष समेत थपेर प्रोजेक्ट यसैवर्षबाट सुरु गर्ने तयारीमा नेपाल जर्नी रहेको छ । 
 
नेपालमा बन्न लागेको पुस्तकालयका लागि अमेरिकाकै ग्रेपभाइनमा स्कुलमा पढ्दै आएकी श्रीयम जोशीले स्कुलमा साथीहरु मार्फत पाँचसय पुस्तक संकलन गरेकी छिन् । ती पुस्तकहरु उनले नेपाल जर्नीलाई डिसेम्बर ८ मै हस्तान्तरण गर्दैछिन् ।