मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा अदालतले असाईलमका केश अस्वीकृत गर्ने क्रम बढ्यो

अमेरिकामा अदालतले असाईलमका केश अस्वीकृत गर्ने क्रम बढ्यो


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिका इमिग्रेशन जर्जले यह आश्रय अर्थात असाईलम माग गर्नेको आवेदन अस्वीकृत गर्ने क्रम उच्च भएको छ । सीवीएस न्यूजका अनुसार अमेरिकाको गत आर्थिक वर्षमा अदालत पुगेका असाईलम केश मध्ये ६५ प्रतिशत अविस्कृत भएका छन् ।
 
यस सम्बन्धी अध्ययन गर्दै आएको सेर्याकुज विश्वविद्यालयका अनुसार सेप्टेम्बर ३० २०१७ देखि सेप्टेम्बर ३० २०१८ का बिचको अमेरिकाको आर्थिक वर्षमा ४२ हजार २ सय २४ असाईलमका आवेदनमा अदालतले निर्णय सुनाएको थियो । यसमा ६५ प्रतिशत अस्वीकृत भएका हुन् ।
 
अदालतले असाईलम अस्वीकृत गर्ने क्रम वढ्ेको यो लगातार छैठौ वर्ष हो । सन् २०१२ मा अदालत द्धारा फैसला भएका मध्ये ४२ प्रतिशत असाईलम केश मात्र अस्वीकृत भएका थिए । 
 
इमिग्रेशन अदालतका जर्ज मुद्दा हेर्न  बढी व्यस्त रहेको र पहिले भन्दा निकै बढी मुद्दा फैसला गरेको उक्त अध्ययनले देखाएको छ ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी प्रति अनुदार छन् । निर्वाचन अभियान देखिनै ट्रम्पले इमिग्रेशन मामिलालाई कडाइ गर्ने बताएका थिए । यसको पनि असर देखिएको हो ।
 
अमेरिकामा आश्रय माग गर्नेलाई पहिलो चरणमा होमल्याण्ड सेक्यूरिटीज्ले अस्वीकृत भएपछि अदालत जान्छ । अदालतको फैसला आउन केही वर्षसमेत लाग्ने गर्छ ।  
 
अहिले फैसला भएका मुद्दामा मेक्सिको, एलसल्भाडोर, ग्वाटेमाला लगायतका देशका नागरिकसँग सम्बन्धित छ । यी देश वाट आउनेलाई असाईलम दिने सम्भावना कम हुन्छ । सन् २०१४ यता २० हजार भारतका नागरिकले पनि असाईलम मागेको तथ्याङ्क छ ।
 
अमेरिकामा विभिन्न कारणले आई यही असाईलम माग्ने नेपाली पनि सयौँ छन् । कयौँका केश अहिले अदालतमा विचाराधीन अवस्थामा छन् । तस्बिर: सामाजिक संजाल