मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कसरी यी सात बर्षको बालकले खेलौनासँग खेलेर २ करोड २० लाख डलर कमाए

कसरी यी सात बर्षको बालकले खेलौनासँग खेलेर २ करोड २० लाख डलर कमाए


हिमालयखवर संवाददाता
अमेरिका- रायन टोयज् रिभ्यूका रायन अन्य एक कक्षामा पढ्ने विद्यार्थीभन्दा खासै फरक लाग्दैनन् । अन्य बालबालिकले जस्तै रायन पनि खेलौना रेल, कार, डिज्नेका पुतलीहरु र लेगोसँग खेल्न पाउँदा खुशी हुन्छन् । फरक यत्ति हो खेल्न त उनी खेल्छन तर, क्यामराका अगाडी । उनी खेल्दा क्यामराले खिचिरहेको हुन्छ । उनका अभिभावकले रायन खेलेको भिडियो सम्पादन गरेर युटूवमा हाल्छन् । यो भिडियो उनकै उमेर समुहका करोडौ बालबालिककाले हेर्छन । यही भिडियोवाट रायनले बार्षिक २ करोड २० लाख डलर अर्थात करिव साढे दुई अर्ब नेपाली रुपैंया कमाएका हुन् ।
 
५ मिनेट देखि १० मिनेटसम्मका रायनका कयौं भिडियोहरु युटूवमा छन् । यी भिडियो अमेरिका देखी नेपालसम्म बालबालिककाले हेर्छन । यी भिडियोले रायनलाई अनलाइनमा एक प्रभावशाली बालक पनि वनाएको छ । युटूवमा उनको फलो गर्ने १ करोड ७३ लाख छन् । रायन र उनका बाबु आमाले सन २०१५ को मार्चमा रायन टोयज रिभ्यू च्यानल स्थापना गरेयता रायनका भिडियो २६ अर्ब पटक हेरिएको छ । त्यसले रायन युटूवमा निरन्तर खेलौनासंग् खेलिरहेको मात्र छैनन निरन्तर पैसा पनि बनाईरहेका छन् ।
 
फोब्र्स म्यागेजिनका अनुसार जुन १ २०१७ देखि २०१८ जुन १ सम्म २२ मिलियन (२ करोड २२ लाख) अमेरिकी डलर युटूवले रायनको भिडियोलाई भुक्तानी गर्यो । यो उक्त अवधिमा युटूवले आफ्नो माध्यममा जोडिने आउने मध्येमा हस्तान्तरण गरेको सवैभन्दा ठुलो रकम हो ।
 
यो निकै रमाइलो गरिरहेको छु रमाईरहेको पनि छु हालै एनवीसीसँगको अन्तवार्तामा रायनले भनेका थिए ।
 
रायनको खातामा आउने २२ मिलियन डलर मध्ये २१ मिलियन युटूववाटै आर्जन हुन्छ । धेरैले हेरेभने पैसा बढ्छ थोरैले हेरेभने पैसा घट्छ । बाँकी १ मिलियन डलर भने विभिन्न उत्पादनले आफ्नो व्यापार प्रर्वर्धनमा लागि दिने गरेका छन् । रायन ब्राण्डमा रायन टोयज रिभ्यू बाहेक रायन फेमली रिभ्यूपनि हेर्न सकिन्छ । फेमली रिभ्यूमा रायनका बाबु र आमा समेत देखिन्छन् ।
 
साना केटाकेटीका बाबु आमालाई भने कहिले कांही आफना नानीहरुले रायनको भिडियो निरन्तर हेरिरहँदा दिक्कै बनाउँछ । तर, बच्चालाई फुकाउनु पर्यो वा फुलाउनु पर्यो ल ल रायन हेर नभनी सुखै हुदैँन । हाम्रा नानिले सित्तैमा रायनको भिडियो हेरेर मजा लिएका छन् रायनले पनि खेलौनासँग खेल्दै पैसा छापिरहेका छन् ।
 
तस्बिर: सामाजिक संजाल