नेकपा माओवादी विप्लव समूहको आयोजनामा आइतबार भरतपुर र पर्साबजारमा निर्मला पन्त हत्या विरोधमा ¥याली निकालिएको छ ।
गत साउन १० गते भएको बलात्कार र बलात्कारपछिको विभत्स हत्यामा संलग्न दोषीलाई कारबाही गरी न्याय दिन नसकेको भन्दै सरकारविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा देशव्यापी विरोध र प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगर कमिटीले ¥याली आयोजना गरेको हो ।
हाकिमचोकदेखि चौबिसकोठीसम्म ¥याली गरी विरोध सभामा परिणत भएको थियो । सभामा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले सम्बोधन गरेका थिए । चितवनको खैरहनी नगरपालिकामा पनि चैनपुरचोकदेखि पर्सा चौबिसकोठी चोकसम्म ¥याली आयोजना गरी विरोध सभामा परिणत भएको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सिसम शाही र विद्यार्थी पश्चिम ताम्सालिङ ब्यूरो अखिल क्रान्तिकारीका संयोजक अविरलले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया