मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मलाको न्यायका लागि फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक

निर्मलाको न्यायका लागि फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक


काठमाडौं । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । 
 
हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी र हत्यारालाई पक्राउ गर्न नसकेपछि कञ्चनपुरवासीसीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
 
निर्मला पन्तका बुव्ँ यज्ञराज पन्त लगातार धर्नामा बसेका कारण बिरामी परेपछि काठमाडौंमा उपचाररत छन् । नागरिक संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो ।
 
आन्दोलनका कार्यक्रम अनुसार सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर आन्दोलन गर्ने, बिहीबार मानव साङ्लो बनाउनेलगायत छन् ।
 
यसैबीच, शनिबार निर्मलाको पोस्टरसहत सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टर माइतीघर मण्डलालगायत देशका विभिन्न स्थानमा टाँसिएको थियो ।