साहित्य / विविध / फिचर

मनोमानी सुरू गराैँ

99 पटक पढिएको

- पूजा वागीश

1st Dec 2018, Saturday | २०७५ मंसिर १५, शनिबार १२:५२

यसरी फेरि एउटा जिन्दगानी सुरु गरौँ

लाग्दैछ आफ्नै यहाँ मनोमानी सुरु गरौ ।

जन्मिएछन अनेक रुपहरु तिमीभित्र
तिमिले काँचुली फेर्नु अघि, चिनाजानी सुरु गरौ

चलबलाउछन तनहरु कहाँ कता अचेल 
छिप्पिएको रातमा यो जवानी सुरु गरौ 

मलाई उपन्यास लेख्नुछ तिम्रो मेरो प्रेमको
मिलन, बिछोड भन कसरी ? कहानी सुरु गरौ