ड्यालस (टेक्सस) । अमेरिकामा रहेका घरबार विहिनहरूलाइ समय समयमा गाँस र कपासको व्यबस्था गर्दै अाएको एचडीएनपीले सहयोग जुटाउनका लागि अाज शनिबार गाला डिनरको अायोजना गर्दैछ ।
स्थानीय सहयोग जुटाएर घरबार विहिनका लागि काम गर्दै अाएको यो संस्थाले शनिबार साँझ फिस्टेल रेस्टुँरामा गाला डिनर अायोजना गर्न लागेको हो । संस्थाका अभियन्ता देवी अाचार्यले गाला डिनरमा सहभागी भएर सहयोग गरिदिनका लागि अाग्रह गरेका छन् ।
एचडीएनपीले हरेक तीन महिनामा घरबार विहिनका लागि खानेकुरा र कपडाको व्यबस्था गर्दै अाएको छ । डिसेम्बर २९ तारिकमा पनि संस्थाले यस्तै प्रकारको कार्यक्रम गर्ने भएको छ ।
डिसेम्बर १५ तारिकमा रक्तदान कार्यक्रम समेत संस्थाले राखेको छ । डिसेम्बर २४ तारिकमा संस्थाले तीनसय ब्लाङ्केट वितरण गर्ने तयारी गरिरहेको छ । ‘गिफ्ट फर क्रिसमस‘ नाममा ब्लाङ्केट वितरण गरिने अाचार्यले बताए ।
‘हामीले अमेरिकामा रहेका घरबार विहिन, खान नपाएकाहरूका लागि पनि केही गर्नुपर्छ भनेर नियमित रूपमा यस्तो कार्यक्रम गर्दै अाएका हाैँ,‘ अाचार्यले भने । संस्थासँग दीगो अार्थिक स्रोत नभएकोले गाला डिनरको मार्फतबाट सहयोग संकलन गरेर गरिब तथा असहायका लागि खाना खुवाउने कार्यक्रम गर्दै अाएको समेत उनले बताए ।
एचडीएनपीको स्थापना २०१२ मा भएको हो । अाचार्यको सकृयताका लागि टेक्सस गर्भनरले समेत सम्मान गरेका छन् । गाला डिनरबाट झण्डैं ३५ हजार सहयोग संकलन गर्ने लक्षय रहेको उनले बताए ।
संस्थाले हालसम्म १० हजार भन्दा बढी घरवारविहिनलाई खाना खुवाइसकेको समेत अाचार्यले जानकारी दिए ।
प्रतिक्रिया