मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाका ४१ अाैं राष्ट्रपति सिनियर बुसको निधन

अमेरिकाका ४१ अाैं राष्ट्रपति सिनियर बुसको निधन


ह्युस्टन (अमेरिका) 

अमेरिकाका ४१ अाैं राष्ट्रपति जर्ज एचडब्लु बुस (सिनियर बुस) को शुक्रबार राति ९४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित बुसको निधन भएको परिवारले पुष्टी गरेको समाचार एजेन्सीहरूले जनाएका छन् । गत अप्रिल १७ मा उनकी पत्नी बार्बराको निधन भएको थियो ।

बुस अमेरिकाका ४३ अाैं राष्ट्रपति जर्ज बुस र फ्लोरिडाका पुर्व गभर्नर जेब बुसका पिता हुन् । मासाचुसेट राज्यमा जन्मिएका भएपनि उनी सन् १९६५ देखि टेक्ससको ह्युस्टनमा बस्दै अएका थिए । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । 

बुसको निधन पछि अब अमेरिकामा जीवित पूर्व राष्ट्रपतिमा चारजनामात्र बाँकी रहेका छन् । जिम्मी कार्टर, जर्ज बुस, बिल क्लिन्टन र बाराक अोबामा मात्र जीवित छन् ।

नेपालमा २०४६ को जनअान्दोलन हुँदा जर्ज एचडब्लु बुस अमेरिकामा राष्ट्रपति थिए । तत्कालिन समयमा उनले नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहलाइ निकै सम्मानका साथ भेटेका थिए ।

जीवनभर रिपब्लिकन पार्टीमा लागेका र सोही पार्टीबाट राष्ट्रपतिमा निर्वाचित बुसले दुइ वर्ष अघिको चुनावमा भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाइ भोट हालेका थिएनन् ।उनले हिलारीलाइ मतदान गरेका थिए ।

पूर्व राष्ट्रपति बाराक अबामाले बुसलाइ देशप्रेमी राष्ट्रपतिको संज्ञा दिएका छन् ।

तस्बीर साभारः युएसटुडे