मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गत बर्ष अमेरिकावाट करिव १ खर्ब ७० अर्ब रुपैंया रमेट्यिान्स नेपाल गयो

गत बर्ष अमेरिकावाट करिव १ खर्ब ७० अर्ब रुपैंया रमेट्यिान्स नेपाल गयो


हिमालयखवर संवाददाता
अमेरिका- नेपालको अर्थतन्त्रको मुख्य आधार विदेशवाट जाने पैसा रेमिट्यान्स नेपाल पठाउने देशमा अमेरिका सवैभन्दा अगाडी भएको छ । गत आर्थिक बर्ष २०७४ ७५ मा अमेरिका वस्ने नेपालीले १ अर्ब ५१ करोड अमेरिकी डलर अर्थात करिव एक खर्ब ७० अर्ब रुपैंया  नेपाल पठाएका छन् ।
 
आम माननिसमा खाडी र मेलेसिया जानेले मात्र रेमिट्यान्स पठाउंछन ,अमेरिका लगायत विकसित देश जानेले पठाउंदैनन भन्ने भ्रम थियो । यो तथ्यांकले यो भ्रम गलत भएको सावित गरेको छ । विकसित देशमा जानेले देशको अर्थतन्त्रलाई कुनै योगदान गर्दैनन भन्नेहरु पनि थिए । हालका मन्त्री लालबाबु पण्डित अमेरिका अष्ट्रेलिया वस्ने नेपालीका निकै आलोचक र अनुदार मानिन्छन् । तर, उनी लगायत सरकारी कर्मचारीले लिने तलव सुविधामाअमेरिका  जस्ता देशमा वस्ने नेपालीले पठाएको रेमिट्यान्स कै योगदान छ ।
 
गत आर्थिक बर्ष करिव ७ खर्व ५५ अर्ब रुपैंया रेमिट्यान्स नेपाल भित्रिएको थियो । नेपालको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा रेमिट्यान्सको अंश झण्डै ३० प्रतिशत छ ।
 
नेपाल जाने रेमिट्यान्समा अमेरिकामा पछि साउदी अरेविया दोस्रो स्थानमा छ ।  त्यसपछि कतार, मलेसिया र युएई पर्छन । नेपालीको ठुलो संख्या रहेको मलेसियावाट गत आर्थिक बर्षमा  ६५ करोड ५ लाख मात्र डलर मात्र रेमिट्यान्स नेपाल गएको छ । यो अमेरिकाको तुलनामा आधा भन्दा पनि कम हो ।
 
अमेरिकावाट जाने रेमिट्यान्स किन वढ्यो ? यसका कयौं कारणहरु छन् । अमेरिकामा नेपालीको जनसंख्या लगातार वढीरहेकाले पनि रेमेट्यान्स वढेको हुनपर्छ । विद्यार्थी वा डीभी लटरी परेर अमेरिका आउने नेपालीको संख्या वढ्दो । अमेरिकामा करिव ३ लाख नेपाली पुगेको अनुमान छ ।
 
अमेरिकामा वस्ने नेपाली व्यवसायीक वन्दै गएका छन् । जसले गर्दा नेपाली समुदायको आम्दानी पनि वढ्को छ । नेपाली समुदायले अमेरिकामा मात्र एक सय अर्ब भन्दा वढी लगानी विभिन्न व्यवसायमा गरेका छन् । अमेरिकाका प्रत्येक साना ठुला शहरमा कहीं कतै नेपालीको व्यवसाय भेटिहालिन्छ ।
 
अर्को कारण अमेरिकाको अर्थतन्त्र राम्रो भएकाले यहां काम गर्नेको आम्दानी पनि वढ्को छ । नेपालीहरु तुलनात्मक रुपमा आम्दानी बचत गर्छन । खर्चलाई सकेसम्म कटौती गर्ने प्रयास गर्छन ।
 
अमेरिकी डलरको मूल्य वढेकाले पनि नेपालीले अमेरिका पैसा पठाउने क्रम वढेको छ । यसको असर यो आर्थिक बर्षमा अझ देखिने छ ।
 
नेपालीको अमेरिकामा वढ्दो सम्पन्नतासंगै नेपालमा लगानी गर्ने क्रममा पनि वढेको छ । अमेरिका वस्ने नेपालीको लगानीमा छुट्टै केही नयां कम्पनी स्थापना हुने क्रममा छन् ।