मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तीनहजार पाउण्डको गोरु

तीनहजार पाउण्डको गोरु


अष्ट्रेलिया- अनौठो र अजंगको शरिर पनि जीवनको महत्वपूर्ण विषय बनिदिन्छ । तर यो प्रसंग मानव जीवनको भने होइन ।
 
अष्ट्रेलियाको एउटा गोरुले यस्तै अजंगको शरिरले गर्दा प्रकृतिले दिएको जीवन पुरै जीवन जिउन पाउने भएको छ । तीनहजार पाउण्ड तौल भएको निकर नाम गरेको गोरुले अभयदान प्राप्त गरेको छ । गाईगोरुको वथानमा अजंगको देखिने उसको शरिरले गर्दा उसका मालिकले बाँचेसम्म पाल्ने निधो गरेको बिबिसीले जनाएको छ ।
 
झण्डै डेढटन तौलको यो गोरुको उचाई ६ फिट ४ इन्च छ । यसको उचाई र शरिरको आकारले गर्दा गाईगोरु बध गर्ने स्लटरहाउसमा अटाउँदैछ । जसले गर्दा अब यसले जीवनभरि बाँच्न पाउने भएको छ । 
 
सात वर्ष उमेरको यो निकर ठूलो भइकन पनि निकै सौम्य र शान्त छ । अष्ट्रेलियाका शहर पर्थबाट झण्डै ८५ माइल दक्षिणतर्फ रहेको लेक प्रिस्टनको घाँसे मैदानमा अब यसले बाँकी जीवन रैमट्ट गरेर बिताउनेछ । 
 
गत महिना बेच्नका लागि यसका मालिक गेफ पियर्सनले अक्सनमा राखेका थिए । मासुका लागि बेच्न राख्दा किन्न आउने मानिसले अजंगको शरिर देखेपछि मासु काट्ने मेसिनले सम्हाल्न नसक्ने भन्दै किन्न अस्विकार गरेका थिए । 
 
यो गोरुको बढ्ने क्रम अझै रोकिएको छैन । तस्बिर: सामाजिक संजाल