मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सस लुईजभिलमा बन्दुकधारी द्वारा स्टोर मालिकको हत्या

टेक्सस लुईजभिलमा बन्दुकधारी द्वारा स्टोर मालिकको हत्या


हिमालयखवर संवाददाता
अमेरिका– टेक्ससको लुईजभिलमा रहेको लिकर स्टोरमा एक जना लुटेराले स्टोर मालिकको हत्या गरेका छन् । 
 
सोमवार साँझ करिव १० बजे तिर लुईजभिल स्थित लिकर सिटी नामक स्टोरमा भएको उक्त घटनामा स्टोरमा कार्यरत सुरेश श्याम शाहको मृत्यु भएको हो । शाह ४६ बर्षका थिए । उनी भारतीय मुलका भएको बताईएको छ ।
 
लुइजभिल ड्यालस डाउनटाउनबाट २० मिनेटको ड्राइभिङमा पुगिन्छ । 
 
लुटेराले पहिले नगद लिएपछि गोली हानेको आशंका गरिएको छ । तर, उक्त समयमा स्टोर भने बन्द थियो । गोली लागेर भुईँमा ढलेका शाहलाई कसैले देखेर प्रहरीलाई खवर गरेका थिए । प्रहरी आइपुग्दा उनी भुईंमा लडिरहेका थिए । प्रहरी शाहलाई अस्पताल लगेका थिए । अस्पतालले मृत्यु घोषणा गरेको थियो ।
 
प्रहरीले अपराधमा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ । शाह जय शक्ति ग्लोबल इन्कका मालिक थिए  । तस्बिर: सामाजिक संजाल 
 
प्रहरीका अनुसार उनलाई छातीको माथिल्लो भागमा गोली लागेको थियो । प्रहरीले हत्यामा संलग्नका वारेमा सुरक दिन सर्वसाधारणसँग अनुरोध गरेको छ ।
 
टेक्ससमा नेपालीहरका पनि थुप्रै स्टोरहरु छन् । कयौं नेपाली त्यहाँ काम गर्छन ।