मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अनेसासको कविता प्रतियोगितामा पूजा भइन् प्रथम

अनेसासको कविता प्रतियोगितामा पूजा भइन् प्रथम


ड्यालस (टेक्सस) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक कविता प्रतियोगितामा पूजा वागीश प्रथम भएकी छिन् ।
 
अनेसासं ड्यालस शाखाले आयोजना गरेको कार्यक्रममा ‘देवकोटाको खोजी’ शिर्षकको कवितामा उनी प्रथम भएकी हुन् । प्रतियोगितामा सन्ध्या आत्रेयले द्वितीय र रञ्जु ‘माग’ तृतीय भएकी छिन् । सबै पुरस्कार महिलाहरुले जितेका छन् ।
 
प्रतियोगितामा पुरस्कृत हुनेहरुलाई पुष्पराज भुपकुमारी पुरस्कार समेत प्रदान गरियो । पुरस्कारका संस्थापक तथा एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले प्रथम हुनेलाई तीनसय, द्वितीय हुनेलाई दुईसय र तृतीयलाई एकसय डलर पुरस्कार प्रदान गरेका थिए । 
 
प्रतियोगितामा झण्डै डेढ दर्जन कवि, कवयित्रीहरुले महाकवीका विषयमा लेखिएका कविता वाचन गरेका थिए । कार्यक्रममा सरु काली, अशोक शर्मा, बलायर प्रत्याशी, बासु भण्डारी, भगवती पौडेल, पवन लामिछाने, रञ्जु मार्ग, सृमिला सुवाल, अच्युतहरि रिजाल, पूजा वागीश, सन्ध्या आत्रेय, सुस्मिता पोखरेल, शैलेश आचार्य, धनञ्जय ढकाल, बासुपुष्प अधकिारी, बाल जोशी, श्रद्धा अधिकारी, इन्दिरा भुसाल, इश्वरी रिजाल, राम सुवेदी, शान्तिराम कोइराला, विजयराज भट्टराई, नन्द रेग्मी लगायतका श्रष्टाहरुले कविता पाठ गरेका थिए ।
 
अनेसासं ड्यालस शाखाका अध्यक्ष कपिल अधिकारीको सभापतित्व तथा उपाध्यक्ष  निर्मला राईको स्वागत मन्तव्यमा भएको कार्यक्रममा राधाकृष्ण काफ्ले, बासु शर्मा र बाल जोशी निर्णायक मण्डलमा रहेका थिए ।