मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नारायण त्रिपाठीले बनाए कलाकारलाई एकजुट

नारायण त्रिपाठीले बनाए कलाकारलाई एकजुट


ड्यालस (अमेरिका) – टेक्ससको ड्यालसमा अर्को नेपाली संस्था खुलेको छ । कलाकारितामा संलग्नहरुको आइतबार टेम्पटेसन रेष्टुँरामा भएको भेलाले नारायण त्रिपाठी ‘प्रेमचरो’ को अध्यक्षतामा टेक्सस नेपाली कला समूह गठन भएको छ । 
 
यो संस्थाको वरिष्ठ उपाध्यक्षमा केशव पौडेल, उपाध्यक्षमा बसिल अर्याल, महासचिवमा भीम चापागाई, सचिवमा सबिन दङ्गाल र कोषाध्यक्षमा भीम थापा रहेका छन् । 
 
त्यस्तै सदस्यहरुमा सुनिता अर्याल, सबिना अर्याल, सार्दुला जोशी, बासु पौडेल, रितेश तिमिल्सिना, बिजय घिमिरे, लुरे राजन, नबिन शर्मा र मनोज आचार्य रहेका छन् । कार्य समितिका अधिकांश व्यक्तिहरु गीत संगीत र नृत्य क्षेत्रमा संबद्ध रहेका छन् । 
 
नेपाली कला संस्कृतिको जगेर्ना गर्ने, नेपालमा आवश्यकता पर्दा सहयोग गर्ने, कलाकारहरुलाई सहयोग गर्ने, हक हित र सुरक्षा गर्नका लागि नेपाली कला समूह स्थापना गरिएको जनाईएको छ । 
 
संस्थाले बिभिन्न स्मृति दिवसहरु, चाडपर्वका अवसरमा कार्यक्रमहरु आयोजना गर्ने समेत उल्लेख गरेको छ ।