मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘हामी नेपाली ग्लोवल’ को उद्घाटन

‘हामी नेपाली ग्लोवल’ को उद्घाटन


न्यूयोर्क (अमेरिका) – राजनीति, धर्म र जातबाट मुक्त सामाजिक संस्था हामी नेपाली ग्लोबलको उद्घाटन अमेरिकाको न्युयोर्कमा भएको छ । 
 
न्युयोर्कको क्विन्स पब्लिक लाइब्रेरीमा आयोजित उद्घाटन समारोहमा अमेरिकाका २१ राज्य, युरोप तथा मध्यपूर्वका करिब १० राष्ट्र र क्यानडाबाट उल्लेखनीय सहभागिता थियो । करिब तीनसयको सहभागिता रहेको उद्घाटन समारोहमा कंग्रेस सदस्य ग्रेस मेङ्गले  नोभेम्वर २४ लाई "हामी नेपाली डे" का रुपमा मनाउन प्रस्ताव गरेकी थिइन । 
 
उनले हामी नेपाली डेका लागि यो समय के कति उर्पयुक्त हुन्छ सो बारे छलफल गरि निर्णय गर्न सुझाउँदै समाज र समुदायका लागि हामी नेपालीले अघि सारेका योजनाहरु सफल होस भनि शुभकामना दिएकी थिइन् । 
 
समारोहमा नेपाली महावाणिज्य दुतावासका उपमहावाणिज्यदुत पुष्पराज भट्टराई, वाणिज्यदुत कृशु क्षेत्री, विभिन्न संस्थाका प्रतिनिधिहरु, शिक्षाविद्, संचारकर्मी, व्यवसायी, अधिकारकर्मी लगायत साउथ एसियन समुदायको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
 
कार्यक्रममा अध्यक्ष अमृत लामा सहित कार्यसमितिका पदाधिकारी, बोर्ड सदस्य तथा संस्थापक सदस्यहरुलाई हामी नेपाली अंकित पिन तथा प्रमाण पत्र प्रदान गरिएको थियो । करिब २ सय संस्थापक सदस्य रहेको हामी नेपाली ग्लोवलको उद्घाटन कार्यक्रमलाई भब्य बनाउन बिश्व दौडाहामा निरन्तर लागिरहेको क्यानेडेली नेपालीहरुको समुह हिमालयन भाइब्सले मौलिक नेपाली गीत संगीत प्रस्तुत गरेको थियो । 
 
नवगठित हामी नेपाली ग्लोवलको अन्तराष्ट्रिय समितिको अध्यक्षमा अमृत लामा छन् । त्यस्तै प्रथम उपाध्यक्षमा नवराज केसी, द्धितिय उपाध्यक्षमा नारायण पुरी, तृतिय उपाध्यक्षमा टेक लामा वाइवा, महासचिवमा मंगलदाश श्रेष्ठ, सचिवमा शंकर खड्का, कोषाध्यक्षमा रविन बज्राचार्य र सहसचिवमा पेमा यांजी लामा छन् । 
 
त्यस्तै, बोर्ड अफ डाइरेक्टरमा उद्धव गिरी, पदम ठकुराठी, ढ्याग्लेपो पुनेल, घनेन्द्र ढकाल, टासी लामा, राधा शर्मा, अर्जुन खड्का, शैलेन्द्र श्रेष्ठ, खामलाल भट्ट, प्रदीप तिमिल्सिना, थम प्रसाद वास्तोला र चिरञ्जिवी गौतम रहेका छन् ।
 
हामी नेपाली ग्लोवलमा चार एम्बासडर, ३२ काउन्सिलर, संचार, कानून, स्वास्थ्य, सांस्कृतिक, रिसोर्स, हुमन केयर, आइटी, खेलकुद, तालिम, क्रियटिभ डिजाइन, जनसम्पर्क विभागहरु, महिला संयोजक र युवा संयोजक रहेका छन् ।