मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सासको लबकमा रक्तदान

टेक्सासको लबकमा रक्तदान


लबक (टेक्सस) – टेक्सासको लवकमा १६ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स अमेरिका अन्तर्गत टेक्सासले लवकस्थित युनाइटेड व्लड सर्भिसेसमा आयोजना गरेको उक्त कार्यक्रममा ९ जनाले रक्तदान गरेका थिए ।
 
ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष  रेशम घर्तीका अनुसार यसपटक रक्तदान गर्नेहरूमा  मेघनाथ पराजुली, बिडिएका उपाध्यक्ष रेशम घर्ती, नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष भोला आचार्य, आयोजक संस्थाका टेक्सास संयोजन कमिटिका सदस्य प्रेम श्रेष्ठ, लवक नेपाली समाजका सचिब शर्मिला पराजुली, डा. प्रकाश श्रेष्ठ, महेश अधिकारी, संजित आचार्य,  ईश्वर श्रेष्ठ र वियान्का भेगस रहेका छन् । 
 
“डोनेट व्लड सेभ लाईफ” उदेश्य वोकेको यस कार्यक्रममा (एसोसिएशन अफ एग्रिकल्चरल प्रोफेसनल अफ अमेरिका), स्थानीय नेपालीहरूको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाज र टेक्सस टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संगठन नेपाली विद्यार्थी संगठन टेक्सास टेकले  हातेमालो गरेका थिए । 
 
नापाका प्रतिनिधी समेत रहेका प्रो डा. मेघनाथ पराजुलीले लबकमा बस्ने नेपालीहरूको संख्या कम भएकोले यो कार्यक्रममा पनि रक्तदान गर्नेहरूको संख्या कम लाग्न सक्छ तर यो आफैमा प्रतिनिधिमूलक महान पवित्र कार्य भएको उल्लेख गरे ।  
 
लबकमा डेढसय नेपालीहरू बसोवास गरिरहेको लबक नेपाली समाजका संस्थापक अध्यक्ष समेत रहेका आयोजक संस्था व्लड डोनर्स अफ अमेरिकाका कार्यकारी उपाध्यक्ष घर्तीले बताए ।